'सी' जातिको कानुनी मान्यताको मागसहित प्रधानमन्त्री समक्ष ५ लाख हस्ताक्षर
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले 'सी' जातिलाई कानुनी मान्यता माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५ लाख हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगी सङ्गठनका केन्द्रीय अध्यक्ष दिनेश 'सी' सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । जेठ १५ देखि १८ गतेसम्म देशभर चलेको हस्ताक्षर अभियानबाट सङ्कलित ५ लाख भन्दा बढी हस्ताक्षरसहित ज्ञापनपत्र लिएर युवाहरूको टोली बालुवाटार पुगेको थियो ।
युवा सङ्गठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले जातीय व्यवस्था उन्मुलन गरेर सबै जातजाति भाषाभाषीहरूलाई कानुनी मान्यतासहित 'सी' जातिको निर्माण गर्ने विचार आफैमा अग्रगामी कम्युनिस्ट साम्यवादी विचार भएकोले यसलाई अगाडि बढाउन अनुरोध गरेका थिए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबै नेता कार्यकर्ताको नामको पछाडि 'सी ' लेख्ने अभ्यास गत वर्षय देखि चलाएको छ l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l