आँधी बन्दै छ डा केसीको सङ्कल्पको लहर ! - डा. बिष्णु जोशी
गजल:
आँधी बन्दै छ डा केसीको सङ्कल्पको लहर !
के छ नेताज्यू आजकल नौलो हाल-खबर ?
भोट दिने त गाउँमै छुटे, तिमी पस्यौ सहर !
जनताबाट सिंहदरबार भयो झन् टाढा टाढा,
कैले आउँछ तिमीलाई, हुम्ला जुम्ला नजर !
साम्राज्य ढाले, सत्याग्रहलाई कम नठान...
आँधी बन्दै छ डा केसीको सङ्कल्पको लहर !
बिचौलियाको मार्सीमा जनस्वास्थ्यको मुद्दा बिक्छ
कल्ले गर्ला, तिम्रो खोक्रो सामाजवादको कदर ?
उखान-टुक्काले देश बन्दैन, इमान हुनुपर्छ,
खन्ने भए स्यालले किन बाँझा हुन्थे बगर !
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्