५०० किलोको शालिग्राम भेटियो
चैत
गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रूरूमा ५०० किलो तौल भएको शालिग्राम फेला परेर चर्चामा छ l शालिग्रामको वारेमा स्कन्दपुराणसँगै नृसिंहपुराणमा राम्रोसँग वर्णन गरिएको पाइन्छ l त्यसैले शालिग्राम पुज्ने चलन धेरै पुरानो मानिन्छ l
कालिगण्डकीको रूरू क्षेत्रमा पर्ने रिडीस्थित नदी किनारमा फेला परेको शालिग्रामलाई पूजा र अवलोकलका लागि स्थानीयबासीले हनुमान वाटिकामा राखेर प्रचारप्रसार गरिरहेका छन् l
कालिगण्डकी नदी किनारमा साना, ठुला शालिग्राम पाइए पनि यति ठुलो शालिग्राम यसअघि नभेटिएको स्थानीयहरूको दावी छ l
दामोदर कुण्डबाट उत्पत्ति भएकी गण्डकी र मुक्तिनाथबाट निस्किएको कालीको सङ्ग कागबेनीदेखि तल्लो तटीय क्षेत्रमा शालिग्राम प्रसस्त मात्रमा पाइन्छ l
वैष्णवहरू र सनातनीहरूले शालिग्राम साक्षात् विष्णुको अवतारका रूपमा लिन्छन् । कालीगण्डकी नदीमा मात्र पाइने कालो रङ्गको बाटुलो, चिल्लो ढुङ्गालाई शालिग्राम शिला भनेर पुजिने भएकाले त्यसको संरक्षणका लागि बाग्लुङ नगरपालिका-४ कुँडुले फेदीमा सङ्ग्रहालय निर्माण गरिएको छ l
कालिगण्डकी नदीको तटमा पाइने शिला ‘शुद्ध र पवित्र हुन्छ’ भन्ने मान्यता रहेको बताउँदै गण्डकी प्रदेश सरकारलाई जानकी मन्दिरले शिला भारतलाई उपलब्ध गराउन अनुरोध गरेबमोजिम म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीको किनारमा रहेका शिलालाई भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा थापना गर्न गत वर्ष लागिएको छ l यसर्थ काली गण्डकीको शिलाको महत्व विशेष छ l
फोटो : सार्वजनिक सन्जालबाट साभार
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।