१२१ वर्षीय ज्येष्ठ नागरिक बाटुली लामिछानेको निधन

सम्भवत: आजसम्म भेटिएको आधिकारिक तथ्यांकअनुसार सबैभन्दा ज्येष्ठ नेपाली नागरिकको परिचय बनाएकी १२२ वर्षीय बाटुली लामिछानेको निधन भएको छ l वि.सं. १९५९ चैत्र १० गते सिन्धुपाल्चोकको गिरान चौरमा जन्मिएको बाटुली लामिछानेको विवाह छविलाल लामिछानेसँग भएको थियो l चार सन्तानकी आमा बाटुलिका तीन सन्तानको अकालमा नै मृत्यु भएको थियो l
आफूलाई साथ् दिने पतिले छाडेर प्रदेश गएपछि उहाँ हाल बसिरहेको नुवाकोट जिल्लामा १२ वर्षीय कान्छो छोरा नेत्र प्रसाद लामिछानेलाई लिएर पुग्नु भएको थियो l नुवाकोट जिल्लाको ककनी नगरपालिका वडा नं. ८ मा उहाँको २०८० माघ १९ मा देहान्त भएको जानकारी प्राप्त भएको छ l २५ पैसा ज्यालामा काम गरेको अनुभव देखि १९९० को भूकम्प हुँदै २०७२ को भूकम्पको त्राशदी भोगेकी बाटुली आमालाई राणाकाल २००७ सालको परिवर्तन परिवर्तन, २०१७ को परिवर्तन २०४६ को आन्दोलन, २०५२ को जनयुद्द र २०६२/०६३ को जनआन्दोलनदेखि २०६५ मा गणतन्त्र नेपाल सम्मको राजनीतिक घटनाक्रमको स्मरण थियो l
एउटा इतिहास र अनुभवको खानी नेपालकै ज्येष्ठ नागरिक र विश्वमा विरलै यति लामो दीर्घ जीवन हुने नागरिक अब भौतिक रूपमा हाम्रा बिचमा हुनुहुन्न l
स्मरणीय: राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्कीको अग्रसरतामा प्रकाशित 'शताव्दी व्यक्तित्व' किताबमा काम गर्ने मौका पाउँदा उहाँको जीवनी बारे मैले नि जान्ने मौका पाएको थिएँ l सोही किताबमा बाटुली लामिछानेबारे प्राप्त जानकारी यहाँ समेटिएको छ l ज्येष्ठ नागरिक स्वर्गीय बाटुली लामिछानेप्रति akabarey.comभावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ l फोटो ज्येष्ठ नागरिक कोषद्वारा प्रकाशित 'शताब्दी व्यक्तिव' र राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्कीको फेस बुकबाट साभार (सम्पादक akabarey.com) l
नदीमा पानीको बहाव बढन थालेपछि जीउज्यान जोगाउनका लागि सुरक्षित स्थानमा सर्नुपरेको कलावती दमाईले बताउन...
‘तँले अछुत जातकी केटीसँग बिहे गरेर हामीलाई अपवित्र बनाइस्, तँसँग हाम्रो सम्बन्ध सकियो।’
राजाजी डाँडा अब केवल एउटा धार्मिकस्थल मात्र होइन, एक ऐतिहासिक चेतनाको प्रतीक र पर्यटकीय सम्भावना बोक...