३९ जनाको नाम उच्च अदालतको न्यायाधीशको लागि सिफारिस
काठमाडौँ, पुस, १८
न्याय परिषदले उच्च अदालतका न्यायाधीशमा नियुक्ति गर्न ३९ जनाको नाम सिफारिस गरेको छ।
आज बसेको बैठकले जिल्ला अदालतका २६ न्यायाधीश, न्याय, कानुन र सरकारी वकिलबाट ४ कर्मचारी र ९ वकिललाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरिएको परिषद् सचिवालयले जनाएको छ।
यसअघि बनाएको मापदण्डलाई स्थगित गरी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको परिषद् स्रोतले बतायो।
यसअघि उच्च अदालतको न्यायाधीशका लागि कार्यसम्पादनमा अब्बल भएका जिल्ला न्यायाधीश र कम्तिमा प्रथम श्रेणीका कर्मचारीलाई वरिष्ठताका आधारमा, १० वर्ष निरन्तर वकालत गरेका वकिलमध्ये पनि वर्षमा पाँच वटाका दरले कम्तीमा सय वटा मुद्दामा बहस गरेका र तीन वर्षसम्म निरन्तर आयकर तिरेका अधिवक्ताहरूले आवदेन दिन पाउने मापदण्ड तय गरिएको थियो।
यो मापदण्डभित्र परेका न्यायाधीश र वकिलहरूको आवेदन परेपछि कार्यसम्पादन, फैसला, बहस, नैतिक आचरण लगायतका पक्षहरू हेरेर सर्ट लिष्ट तयार पारिन्थ्यो। त्यसमध्ये पनि अब्बललाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने मापदण्ड थियो।
यो मापदण्ड केही समयअघि स्थगित गरेको थियो। त्यसपछि अहिले उच्च अदालतमा न्यायाधीश सिफारिस गरिएको हो।
दलितको घर तोडफोड र लुटपाट गरिरहँदा कल्याणपुरबाट गएका प्रहरीले रोक्नेसम्म प्रयास नगरेको स्थानीय दलितह...
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।