म्याद थप्न ल्याइएका थुनुवा काठमाडौँ जिल्ला अदालतबाट हत्कडीसहित फरार

काठमाडौं,पुस, १८
काठमाडौ जिल्ला अदालतमा म्याद थप गर्न ल्याइएका एक थुनुवा आज बुधबार हत्कडीसहित भागेका छन् ।
अदालत परिसरबाट विमल खड्का नाम गरेका व्यक्ति भागेको प्रहरी स्रोतले जनाएको छ । उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ । ठगी मुद्दामा म्याद थप गर्न उनलाई अदालत ल्याइएको थियो ।
अर्को एक मुद्दामा मंगलबार कारागारबाट छुटेका खड्कालाई ठगी मुद्दाको अनुसन्धानका लागि पुन नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त महाराजगन्जको जिम्मा लगाइएको थियो ।
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...
कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो ।