आज एमालेले चियापान र शुभकामना आदानप्रदान गर्ने
काठमाडौं, कार्तिक, १५
नेकपा एमालेले आज दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । एमाले दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेकाे हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।
उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजको लागि सारिएको थियो । अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सार्वजनिक पेजबाट पनि 'सबैलाई निम्तो' भन्दै चियापान कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् ।
चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठिक सवा १२ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सबै राजनीतिक दलसहित उच्च पदस्थका व्यक्तिहरुलाई आमन्त्रण गरिएको जनाइएको छ ।
नेपाली कांग्रेसका नेता बीपी कोइरालाले २०३३ मा मेलमिलापको नीति लिएर स्वदेश फर्केर आयोजना गरेको चियापान संस्कृति नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले पनि अनुशरण गरेका थिए l सोही क्रमको निरन्तरतालाई एमालेले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।