लोकमानसिंह कार्कीलाई चिठी

लोकमान काका,
भन्न त भाई वन्धु भतिज भएको हुनाले तपाईलाई आदरणीय लोकमान काका भनेर सम्बोधन गर्नु पर्ने हो,तर धेरैले अनादर गरेको मान्छेलाई मैले पनि आदर र सम्मान नै गर्न चै सकिन l तपाईलाई यथोचित मान सम्मान र आदर प्रकट गर्दा मलाई मेरो मनले अरू आदरणीयहरूलाई हेपेको, होच्याएको र अनादर गरेको भान हुन्छ l
मेरो तपाईसँग कुनै रिसराग लेनदेन, अंशबन्डा व्यक्तिगत झैँ झगडा केही छैन यद्दपि एक सचेत नेपाली नागरिक अनि उस्तै थर वंश हुनुको नाताले गहिरो सरोकार ,चासो र जिज्ञाशा छ ! (हुन् त् तपाईसँग मेरो उस्तै थर हुनु संयोग मात्र हो मलाई मेरो यो थरको कारणले उपेक्षा तिरस्कार र घृणा मात्र हैन सम्मान र शाहानुभूति अनि कतिपय अवसरबाट बन्चित हुने तीता मिठा पलहरू पनि जुरेको छ यद्दपि मेरो जन्म संयोगले प्राप्त भएको मेरो थर,गोत्रप्रति मेरो कुनै गुनासो छैन ) तपाईलाई जति सम्मान र आदर प्रकट गर्नु पर्ने हो सो गर्ने परिस्थिति तपाईकै कारण नबनेकोमा मलाई अफसोच छ l तपाई सरकारी ओहोदाको माननीय अख्तियार प्रमुख हुनुहुन्छ तथापि म त्यो गरिमामय पदको सम्मान सूचक नामबाट बोलाउन चाहन्न l किनकि तपाईले सो पदको गरिमा बचाउन सक्नु भएको छैन l माफ गर्नु होला ! मैले तपाईलाई लोकमान काका मात्र भनेर सम्वोधन गर्छु l
तपाई लोकसेवा नपढेर, नदेखेर पनि नेपाल सरकारको मुख्य सचिव बनेर लोकसेवामा टुप्पी कन्दनी अनि भोको पेट बसेर र खालि आङ् पढेर पास गरेर आएकाहरू माथि चढ्ने हैसियत बनाउनु भएको व्यक्ति र विरलै पाइने प्रवृत्ति हो l
राजा महाराजाको हुकुम प्रमांगीको शाही अधिकारी तपाई क्रान्तिकारी गणतन्त्र वादीको समेत प्रिय र आदरणीय बन्न सफल हुनु भएको तपाइको खुबी र छेपारे प्रवृत्तिको जति प्रशंसा गरे पनि कमै हुन्छ l गिरिजाप्रसादलाई आफ्नो निष्ठावान कार्यकर्ता बलदेव शर्माको मन्त्री पदभन्दा तपाईको सचिव पद महत्वपूर्ण र प्रतिष्ठाको बिषय बन्यो l बलदेवशर्मा मन्त्री छोड्न बाध्य भएका थिए l
जब गिरिजाप्रसादले तपाई जस्तालाई काखी च्यापेर बलदेव शर्मा, ढुण्डीराज शास्त्री, जगन्नाथ आचार्यहरूलाई पाखामा पाआ पछारे झैँ पछारे l त्यही बेलाबाट सत्य र इमानको बलि चढ्न सुरू भयो अनि देशको दुर्दिन र दुर्दशाको आरम्भ भयो l दिवङ्गत गिरिजाप्रसादले देशलाई नयाँ तर बेथिति र विसंगतिको अँध्यारो युग तिर धकेले तपाई जस्ताहरूको राज गणतान्त्रिक व्यवस्थामा पनि पुन सुरू भयो यसको श्रेय गिरिजाप्रसादलाई जान्छ जतिबेला हामी पनि वीर गिरिजाप्रसाद जिन्दाबाद भन्दा छाती चौडा भएको महशुश गर्थ्यौ l
भो अब सुदुर अतीत छाडौ ?
नयाँ गणतन्त्रको कुरा र तपाईको योगदानको सामान्य चर्चा गरौ l अरूले मान्छन मान्दैनन तर गणतन्त्र ल्याउन योगदान दिने महत्वपूर्ण भूमिकामा यहाँ अब्बल देखिनु भएको नै हो जति ज्ञानेन्द्र शाह देखिए l यदि यहाँहरूको कर्म अघिल्तिर सुकर्म थपिएको भए जनताले शासनको अघि सुशासनको प्रत्याभूति भएको भए जनताले किमार्थ गणतन्त्रलाई बल पुग्ने बाटो रोज्ने थिएनन् l
जनता प्रणाली जे सुकै र जस्तोसुकै भए पनि त्यसबाट पाउने सहज सेवा र सुविधाप्रति सरोकार राख्छन अरूप्रति ध्यान दिन खासै जरुरी ठान्दैनन् l जति-जति अन्याय वेथिति अनि विकृति बढ्दै जान्छ जनता त्यसको विकल्प खोज्न र प्रतिरोधगर्न तयार हुन्छन निषेधमा प्रतिशोध र विद्रोह व्यवहारत जन्मन्छ l विद्रोह जन्माउने,विद्रोहलाई मलजल पुग्ने कार्य यदि यहाँ हरूबाट नभएको भए यी क्रान्तिकारीहरूको पनि कुन हविगत हुन्थ्यो इतिहास अध्येता धेरैलाई थाहा छ तसर्थ नेपाल गणतन्त्र हुनुमा यहाँको योगदान उल्लेख गर्न लायक ठान्छु म शायद धेरैले यसमा विमति राख्दैनन् l
गणतन्त्रको कार्यवाही सामान्य चड्कन यहाँको भागमा भने नपरेको हैन तर त्यो चड्कन तपाईको लागि लोकलाज ढाक्न रचिएको नौटंकी मात्र भएको पुस्टि हुन् धेरै समय कुर्नु परेन ? गणतन्त्रवादीहरू तपाईको पाउमा लम्पसार परेर नै छोडे l
लोकमान काका,
जब तपाईले केही समय पाइलट बाबाको सानिध्य रहेर भूमिगत जीवन व्यतीतत गर्नुभयो धेरैले तपाईलाई पलायन भएको हराएको वैराग्य धारण गरेको सन्यासी बनेको अनि कहिले त् सन्यासी बनेर कमान्डलु बोकेर हिडेको भनी भद्दा मजाक र बिल्ला गरे l लोकु काका यहाँको अन्तर्ध्यानको बिषयलाई लिएर जसले जे भने पनि यहाँ त् ठुलो मिशन सहित ध्यान दृष्टि एकत्रित र गहिरो अध्यात्म ज्ञान प्राप्त गर्न लिन हुनु भएको कुरामा आज आएर कसैको पनि दुईमत र दुईअर्थी विचार छैन l
यहाँले जुन ज्ञान र शक्ति आर्जन गर्नु भयो त्यसको बारेमा भने मेरो भिन्न मत छ पाइलट बाबाले नै तपाईलाई जादु मन्तर, टुनामुना गर्ने विद्या दिए कि अरू नै माताबाट तपाईले यो शक्ति र सामर्थ्य प्राप्त गर्नु भयो ? पक्कै पनि कुनै अदृश्य दैवी शक्ति माताको प्रभाव र आशिर्वाद प्राप्त गरेको हुनु पर्छ खैर यो मेरो अड्कल र आन्दाजी मात्र हो l जे होस् तपाइले प्राप्त गर्नु भएको शक्ति र सामर्थ्य भने पक्कै पनि चानचुने थिएन हैन र छैन पनि ?
तपाईको जादुइ विद्याबाट क्रान्तिकारी अकबरी, नम्बरी पुष्पकमल दाहाल प्रभावित हुनु नै अरू सब लाइनमा आउनु हो भन्ने पुस्टि हुन् कुनै अन्य तर्क र प्रमाण चाहिन्न ? तपाईको भीमकाय भौतिक शरिरलाई बाबुरामले समेत कुशल प्रसाशक भनी पहिलोपटक कसै प्रति प्रशंसाको शब्द खर्च गरे l भन्छन बाबुराम प्रशंसा गर्न कन्जुस नेता हुन् l बाबुरामको प्रशंसाबाट पनि थाहा लाग्छ राजाका प्रिय मनु तपाई कसरी राजा फाल्नेहरूको प्रिय र सर्वमान्य बन्नु भयो ? यहाँको डाइनामिक र भर्सटायल व्यक्तित्वको चर्चा एकाएक चुलियो l
प्रचण्ड यहाँका भक्त बने अरू भक्त नबन्ने कुरै भएन ? यो यहाको आध्यात्मिक शक्ति र सामर्थ्यको एक शशक्त पाटो बन्यो जसले देशको सर्वाधिकार सम्पन्न संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गरिमामय स्थानमा पुर्यायो l
गणतन्त्रले चोरलाई चौतारी र साधुलाई सुली चढाउने काम गर्यो यसको पहिलो श्रेय प्रचण्ड नव महाराजले लिए l प्रचण्ड काम्रेड़का जनयुद्दका सारथी भन्दा जनयुद्द मन नपराउने जर्नेल कुमार फुदुङ र पंचायतका निर्मम प्रशाशक अन्चालाधिश सूर्यबहादुर सेन वलीहरू २०६३ को अन्तरिम संसदमा माओवादीका प्रतिनिधि बनेर पुगे l अरू छोटेलाल र राजामहाराजाहरूको भागमा पनि क्षमता ( तत्कालीन दलगत सामर्थ्यको ) आधारमा श्रेय जान्छ नै, त्यो श्रेय नदिनु अन्याय नै हुन्छ l जस-जसले यहाँलाई त्यो स्थान दिन सफल भए तिनको भागमा त्यो परोस नै यसमा अरूको हकदावी कमजोर हुनेछ l
लोकमान काका,
अख्तियार प्रमुखको पगरी २०७० बैशाख २५ मा यहाँले गुथेपछि यहाँ सर्वशक्तिमान राजा भएको छनक देखाउनु भयो l विगतका पाप पखाल्ने देश र देशबासीलाई भ्रस्टचारको दलदलबाट निकाल्ने सुबर्ण मौका यहाँको लागि आफ्नो र आफ्नाको ठगिखाने थलो, थर्काएर खाने थलोमा अख्तियारलाई परिणत गर्नु भयो l यति मात्र होइन तपाईकी छोरी सपिंग मलमा जाँदा उनको लागि सर्वसाधारणले ठाउँ छोडिदिनु पर्ने भयो र ठाउँ सहजै छोड्न नमान्नेलाई सुरक्षाकर्मी लगाएर धपाउने काम समेत भएको पीडतहरूको भनाइ सार्वजनिक भएको छ l मेडिक एक्लजामिनेसनमा अनियमिता भएको आरोप लगाएर अख्तियार आफै गएर परीक्षा लिएको र आफ्ना मान्छे पास गराउने जस्तो अत्यन्त नीच काम गरेर मेरिट सिस्टमलाई खाल्डामा हाल्न योगदान गर्नु भयो l मेडिकल कलेजलाई नजायज तवरले सम्बन्धन दिन पनि आफ्नो पद र अख्तियारीको भरपुर दुरूपयोग गर्नु भयो l आफूसँग असहमत हुने बित्तिकै अख्तियारको दण्ड फ्याँकेर दुख दिनु भयो l
अख्तियारको सदुपयोग देशका लागि नभई आफ्ना लागि गर्नु भयो l यहाँले केही साना डुकुरे मुसा पनि मार्नु भयो तर डुकुरे मुसा मर्दा हात्ती नै मरेको ढोल पनि पिटाउनु भयो ! अनाहकमा धेरैलाई अख्तियारको दैलो मात्र हैन अदालतको झेउलो पनि बोकाउनु भयो धेरैको क्यारियर चौपट पारिदिनु भयो l एउटा ख्याउटे डाक्टर गोविन्द के सीले भोकै बस्छु के भनेको थियो उसको उद्दारको लागि पागलखानामा लगेर सरकारले उपचार गर्ने बन्दोबस्त गरोस भनि उनको पक्षमा बोल्नु पनि भयो l डाक्टर केसीको मानसिक स्वास्थ्यको खुब ख्याल गर्नु भयो l उनको उपचार गर्न सरकारलाई दवाव नै दिनु भयो l आफ्ना प्रवक्ता कृष्णहरि पुष्कर मार्फत सार्वजनिक मिडियामा अन्नपानी छोडेर सत्याग्रह बसेका डाक्टर गोविन्द केसीको हुर्मत लिनु भयो l
नेपालको संसदीय समितिले केही बुझ्न समितिमा बोलाउँदा बोलाउनेहरूलाई कुनै बाल दिनुभएन ? नेपालको संसदीय प्रणालीको मूल्य भन्दा आफ्नो मूल्यमाथि राख्नु भयो lसंसदीय समितिको पत्रलाई तुच्छ कागजको खोष्टो बनाइदिनु भयो l सुशिला कार्की ( दिदीलाई) तिम्रो आफ्नै नजिकको भाइ बन्धु हुँ भनी चिठी लेखेर तिहारमा टीका थाप्ने निम्तो पनि दिन भ्याउनु भयो l ओमप्रकाश अर्यालको रिट अनि तत् रितले उत्पन्न गरेको कानुनी सबालको जबाफ गुन्डागर्दी र आतंककारी शैलीमा टार्ने र छल्ने प्रयास गर्नुभयो l
न बिराउनु न डराउनु भन्छन तपाई किन भाग्नु भयो कानुनको फन्दाबाट ? सत्य तथ्य बोल्ने मान्छे भाग्ने लुक्ने र छलिने गर्नु कायरता हो क्षेत्रीय धर्म भएको यत्रो भीमकाय मान्छेले भाग्न सुहाउन्न लोकमान काका ?
लोकमान काका,
एउटा तितो सत्य के हो भने यहाँ तपाईलाई भ्रष्ट देख्ने भन्ने सबै निस्कलंक र दूधले नुहाएका चोखा मान्छे मात्र छैनन् l आफ्नो भ्रष्ट मुखौटो छोप्नको लागि तपाईको कमजोरीमा प्रहार गर्ने पनि थुप्रै छन l केही सफेद र कन्चन हिंउ झैँ चम्किला मान्छे पनि छन अनि केही असाध्यै गनाएका तर शक्ति र श्रोतमा पहुँच भएका पनि छन l
प्रिय लोकमान काका,
म तपाईसँग अब गुनासो र तपाईको विरोध मात्र गर्दिन ( तपाइको विरोध नगर्ने मान्छे त केही समय पछि तपाइले भेट्टाउन पनि मुश्किल पर्छ तपाइलाई बाछाले पनि खेद्ने दिन अझ नजिक हुँदैछ तसर्थ मेरो निशुल्क सल्लाह सुझावलाई मनन गरी निम्नलिखित कुराहरूमा ध्यान दिनुहोला :
१ / लोकमान काका तपाई धार्मिक स्वभाव र धार्मिक मान्छे जो समस्यामा आत्तिने हड बढ गर्ने होइन बडो धार्ज्य भएर सामना गर्नुस यो संस्कार तपाईमा जन्मजात हुनुपर्ने हो ! जे परिणाम प्राप्त भए पनि स्वीकार्नु पर्छ स्वीकार गर्नुस् l
२ / यहाँ जति पनि मान्छेले तपाईलाई मात्र दोषी भ्रष्टचारी भनेका छन् ती मध्ये केही प्रतिशत लाई छोडेर अधिकांश भ्रष्टचारी छन् l कोही आरोपमा छन् कोही भ्रष्टाचारमा लिप्त नै छन् अनि कोही भ्रष्टचार गर्न उद्धत छन् जसलाई शक्तिको आडमा आफ्नो भ्रष्ट अनुहार छोप्नु छ l देश दुनियालाई थाहा छ, यहाँ तपाई मात्र एक्लो भ्रष्टचारी हैन अनि के लाज मान्नु हुन्छ छोडिदिनुस लाजमान्न् बरु भनि दिनुस आफू जस्ता को को छन् कहाँ कहाँ छन् कसरी बाँचेका र बसेका छन ?
३ / तपाईले जुन स्रोत र साधन उपयोग गर्नु भयो जसको अनुसन्धान गर्नु भयो अब स्पस्ट प्रमाण र दशिको आधारमा सबको पोल एकसे एक खोलिदिनुस l देश तपाईलाई मात्र हैन भ्रष्ट सबको हिसाबकिताब गरेर असुल उपर गर्न हतारमा छ l
४ / आफू जालमा परे पनि फेरि शक्ति आर्जन हुन्छ भन्ने लोभमा अरूलाई उम्काएर चोख्याउने प्रपन्च नगर्नुहोस् भोलि के थाहा ?
५ / कसैकाप्रति पनि आग्रह पूर्वाग्रह नपाली जे सत्य हो सो प्रकासमा ल्याउनुहोस तपाइको दश खत माफि नहोला भन्न सकिन्न ! सत्य तथ्य बाहिर ल्याउदा तपाइको होचो भएको कद फेरि नबढ्ला भन्न सकिन्न ! सत्य कहिल्यै हार्दैन मर्दैन र सत्यले ढिला भए पनि न्याय दिन्छ !
५ / यदि तपाई देशभक्त छोरो हो भने आफ्नोकमजोरी आत्मालोचना सहित अरू सबको खराबी र कुकर्म जनताको सामु पस्कनुहोस तपाइले आफ्नो कसुरको सजाय जनताको आँखाबाट कम पाउनु हुनेछ l
६ / लोकमान काका यसबीच तपाईले थुप्रै उपनाम पाउनु भयो जसमा मलाई दुख लागेको छ हेर्नुस कति धेरै नाम बने तपाईका,लाजमान, लुकमान, लोपमान,ठोकमान, झोकमान अनि सबै भन्दा अनाम बेइमान समेत भने अब यो नाम सबलाई बिर्सने अनि आफ्नो शानदार र भव्य नाम लोकमानसिंह नै कायम गर्न सुकर्मको थालनी गर्नुस कुकर्म क्रमशः पातलो हुँदैजाने छ l असली धर्म गर्नुस देशको माया गर्नुस् l तपाईको कुशल मंगलको कामना गर्दै पुन अवसर मिलेमा निशुल्क सल्लाहकार बन्ने नै छु आजलाई बिदा पाउ लोकमान काका l
उही तपाईको
नाता नपर्ने भतिज
सञ्जीव कार्की २०७२, imagekhabar.com
स्मरणीय : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला २०७३ पौष २४ गते गरेको थियो l न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको छ ।
एउटा समय थियो, लोकमानसिंह कार्कीको नाम सुनेपछि जो कोही हच्किन्थे र भन्थे, ‘बाफ रे, लोकमान !’ आज ती लोकमानसिंह कता छन् ? २०७२ मा इमेज खबरमा प्रकाशित यो लेख akabarey.com मार्फत पुन प्रकाशित गरिएको छ l लोकमानसिंह कार्कीको दवदवा विरुद्द हत्तपत्त बोल्ने मान्छे हुँदैन थिए l उनको विरुद्द बोल्यो कि अख्तियारको फारम आइपुग्थ्यो l त्यो त्रासदीपूर्ण स्थितिमा एक व्यक्ति गोविन्द केसी उनको विरुद्द थिए भने केही पत्रपत्रिका मात्र उनको विरोध गर्न सक्थे l
हामी कमजोरीमा क्षमा माग्ने विषयलाई हीनताबोध र लघुताभासको विषय मान्दैनौ l कमजोरीमा क्षमा मागेर सच्चिए...
हिन्दुहरूले जात प्रथालाई यसकारणले मान्छन् किनभने यो नितान्त धार्मिक आस्था हो । जातपात मान्नुमा उनीह...
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...