भारती शेर्पाले सुरु गरिन् अनसन
काठमाडौ, कार्तिक, १२
आफ्ना श्रीमान् को हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै भारती शेर्पाले माइतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरेकी छन् ।
श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका ‘गुण्डा नाइके’ रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन सुरु गरेकी हुन् ।
श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत ३ असोजमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन् ।
भारतीले आजबाट माइतीघर मण्डलामा पुनः रिले अनसन सुरु गर्नुभएको हो । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । दसैं अघि देखि सुरू भएको भारतीको अनसन दसैंको लागि स्थगित गरिएको थियो l
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...