अनामनगरमा महाप्रज्ञा आश्रम (बिहार) भवनको प्रकाशमान सिंहद्वारा शिलान्यास
काठमाडौं ,
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै जोडिएको अनामनगरमा महाप्रज्ञा आश्रम (बिहार) बन्ने भएको छ । महाप्रज्ञा आश्रम (बिहार) भवन निर्माणको शिलान्यास नेपाल सरकारका पूर्व उप-प्रधानमन्त्री एवं संघीय सांसद प्रकाशमान सिंह गरेका छन् ।
बागमती प्रदेशका तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले बजेट विनियोजन गरेपछि भव्य महाप्रज्ञा आश्रम (बिहार) बन्न लागेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा रहेको महाप्रज्ञा आश्रम बौद्ध भिक्षुको पहिलो आश्रम दाबी गरिएको छ ।
त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले ४ करोड बढी लागतमा महाप्रज्ञा आश्रम, बिहारको भवन बन्न लागेको बताए ।
महाप्रज्ञा आश्रम (बिहार) नेता प्रकाशमान सिंहज्यूको आग्रह बमोजिम म बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री हुँदा डेढ करोड रुपैयाँ विनियोजन गरेर बहुबर्षीय योजनामा समावेश गरिएको थियो’, सांसद श्रेष्ठले भने, ‘चालू आर्थिक वर्षमा कार्य सम्पन्नताको लागि स्रोत सुनिश्चितता गरी थप २ करोड ५० लाख विनियोजन गरिएको छ । उक्त बिहार चाँडै बन्ने विश्वास लिएको छु ।’दीपेन्द्र श्रेष्ठले भने l
यसै आर्थिक वर्षभित्र उक्त बिहार निर्माण सम्पन्न भई बौद्ध विद्यालय प्रारम्भ हुने समेत उनको विश्वास छ । महाप्रज्ञा आश्रमको शिलान्यास समारोहमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पुकार महर्जन, प्रदेशसभा सदस्यहरु शान्ता ढकाल, सुरजचन्द्र लामिछानेलगायतको उपस्थिति रहेको थियो ।महाप्रज्ञा आश्रम बनाउने विषयको लफडा र सङ्घर्षमा माननीय दीपेन्द्र श्रेष्ठको योगदान बारे स्थनीयहरूले उच्च प्रशंसा गरेका छन् l
akabarey. com परीक्षण प्रसारणमा छ l
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।