राष्ट्रपति पद त्याग गर

समाजलाई असल कुरा सिकाउन निर्विवेकी, निर्लज्ज र निकृष्ट सरकारलाई दवाव दिन राष्ट्रपति पदत्याग गरेर प्रायश्चित्त गर । गुन्डा, ज्यानमारा र अपराधी नाइकेको चरणमा सरकार ढले पनि देशको शिर उठाउन कोशिश गर । राष्ट्रपतिको पदत्यागले राष्ट्रको शिर थोरै भए पनि उठ्छ । न्यायको लागि नैतिक हतियार उठाउने मान्छे पनि अझै बाँकी छन् है भन्ने सन्देश दिन पनि र रामचन्द्रले आफ्नो बचे खुचेको इमान जोगाउन शितल निवासबाट बोहोराटार ससम्मान फर्कनु न्यायोचित हुन्छ । राष्ट्रपतिको राजिनामा नभनेर पद त्याग भन्नुको मतलव हो l राजिनामा स्वेच्छिक विवेक पूर्ण र नीति र नैतिकता विधि र पद्दतिमा टेकेर गरिन्छ l यहाँ स्वेच्छिक राजीनामाको सन्दर्भ सकिसकिएको छ त्यसैले दवावको पद त्याग भनिएको छ l
भारती मान्नधरको स्थानमा राष्ट्रपतिको बैनी, छोरी,भान्जी, नातिनी बुहारी र अन्य यस्तै निकट आफ्न्त परेको भए कार्यकारी सरकारले गरेको निर्णय मैले चुपचाप लालमोहर लगाउने काम हो भनेर सही गर्नु हुन्थ्यो ? या सरकारलाई फिर्ता पठाउनु हुन्थ्यो ? विवेक कै कुरा हुन्थ्यो भने गुन्डा र अपराधी ज्यानमारालाई कैद छुट गर्दा किन कामेनन् प्रजातन्त्रवादी वृद्धका हात ? राष्ट्रपति पद त्याग गर l
रामचन्द्र पौडेलले यति गर्न सके विगतमा भएका भूल र भारतीजस्ता थुप्रै पीडामा परेका नागरिकको छिनिएको, मिचिएको न्यायको हक बारे पुनरावलोकन गर्न सहज हुन्छ l माफी मिनाहा कुनै पनि सरकारले दुरूपयोग गर्न धेरै पटक सोच्ने वातावरण बन्छ l कसलाई र कस्तालाई माफी दिने मिहिन ढङ्गले ऐन, कानुन नियम र नियमावली बन्न मदत गर्छ l त्यसैले राष्ट्रपति पदत्याग गर l
राष्ट्रपतिलाई पदत्याग गर्न दवाव दिऔं ।
भारतीको न्यायको लागि बोलौं ।
हरण गरिएको आत्मसम्मान, पुगेको नैतिक घाटा, दुख दिएर खोसिएको सामाजिक साखको क्षतिपूर्ति कहिल्यै र कसैगर...
अग्रिम र सिस्टमेटिक टिकट बुकिंग व्यवसायीलाई सहुलियत यात्रुलाई भरपर्दो र प्रभावकारी सेवामामा राज्यका...
दलितलाई हेर्ने दृष्टिकोण सच्याउन र सच्चिन सरकार र विशेषगरी केपी ओलीलाई हार्दिक अपिल गरिन्छ l प्रश्न...