अग्रिम बुकिङ ‘ट्रेन्ड’ले पर्यटक बढ्ने संकेत, होटल व्यवसायी उत्साहित
कोरोना भाइरस (कोभिड–१९) महामारीपछि नराम्रोसँग प्रभावित बनेको पर्यटन क्षेत्रमा क्रमशः सुधार हुँदै जाँदा आगामी पर्यटकीय सिजनमा पर्यटक बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् ।
भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीपछि नराम्रोसँग प्रभावित बनेको पर्यटन क्षेत्रमा क्रमशः सुधार हुँदै जाँदा आगामी पर्यटकीय सिजनमा पर्यटक बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् । अग्रिम बुकिङको ट्रेन्डले यस्तै संकेत गर्ने व्यवसायीहरुको भनाइ छ ।
होटल व्यवसायीहरुको छाता संगठन होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार अक्टोबर–डिसेम्बरका लागि उत्साहजनक रुपमा प्रि–बुकिङ भइरहेको छ ।
‘हामीले व्यवस्थापन मात्र गर्न सक्यौं भने आगामी सिजनमा उत्साह आउने देखिन्छ,’ उनी भन्छन्, ‘प्रि–बुकिङले यस्तै संकेत गरेको छ ।’
वर्षायाममा भारतीय पर्यटकको उत्साहजनक आगमनले होटल र पर्यटनमा राम्रो पुनरुत्थान भइरहेको समेत उनले जानकारी दिए । पोखरामा हवाई र स्थलमार्गबाट आउने पर्यटकका कारण राम्रो व्यापार भइरहेको उनले जानकारी दिए ।
त्रिशूल आकारमा सुरुङभित्र रहेको सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन...
कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ ।
कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास...