पोखरामा प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा हवाई खेलकुद संस्थालाई
पोखरामा प्याराग्लाइडिङ उडानको स्लट व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थाले पाएको छ ।
साउन, काठमाडौं । पोखरामा प्याराग्लाइडिङ उडानको स्लट व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थाले पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल हवाई खेलकुद संस्थालाई अधिकार प्रत्यायोजन गर्दै यस्तो जानकारी गराएको हो । यो प्याराग्लाइडिङ सञ्चालकहरुको संस्था हो ।
२० साउनमा संस्थालाई पत्र लेख्दै प्राधिकरणले पोखरामा सञ्चालन हुने प्याराग्लाइडिङ उडानका लागि हरेक उडानको स्लट व्यवस्थापन प्रभावकारी हुने गरी (पालै पालो) समय तोक्न निर्देशन दिएको हो । यो नियम प्याराग्लाइडिङ कम्पनीले नमाने वा संस्थाले नगरेमा कारवाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।
पोखरामा प्याराग्लाइडिङको अनुगमन, नियमन र यससँग सम्बन्धित व्यवस्थापन गर्ने कामको अधिकार प्राधिकरणले यो संस्थालाई प्रत्यायोजन गरेको छ ।
त्रिशूल आकारमा सुरुङभित्र रहेको सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन...
कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ ।
कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास...