नारायण चौरमा संविधान दिवस मनायो एमालेले
काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको ।
काठमाडौं, असोज,३
नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको छ l
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै एक भिडिओ सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिएका थिए । आज बुधवार बिहानैदेखि नारायण चौरमा सेल्फी खिचाउने युवायुवतीको भिड छ ।
नारायण चौर पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले पनि सेल्फी खिचाएका छन् ।
नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठुलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ । साथै त्यहाँ राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरू राखिएका छन् । नारायण चौरलाई विशेष आकर्षक बनाएर सजाइएको छ l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...