रहेनन् पूर्वमन्त्री मोहमद आफताव आलम
काठमाडौं, २१ कार्तिक: नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान ३ बजेतिर मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
उनको स्वास्थ्य अवस्था बिग्रेर जटील भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो । सुगर, उच्च रक्तचापलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलममा भर्ना भएका थिए । उनको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको शवलाई आज बिहान एम्बुलेन्समार्फत रौतहट लगिएको छ । अन्तिम दाहसंस्कारका लागि शव गृहजिल्ला रौतहटको राजपुरतर्फ लगिसकिएको स्रोतले बताएको छ । गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो ।
गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो ।
उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
नेपाली कांग्रेसका नेता आलम रौतहट–२ बाट प्रतिनिधिसभाका पूर्व सदस्य हुन्। उनी पूर्व श्रम तथा यातायात व्यवस्था मन्त्री समेत हुन् ।
स्मरणीय : आलमको विगतमा सार्वजनिक भएको फाइल फोटो प्रयोग गरिएको छ l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...