आजबाट हामी पूर्ण रूपमा टुहुरो भयौं, तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै-मिल्दैन - मन्त्री किराँती
६ भदौ, काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।
मन्त्री सुदन किराँतीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिए । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।उनकी आमाको यसअघि नै निधन भइसकेको थियो ।
मन्त्री किरातीले पनि बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् l उनले आफ्नो वालमा लेखेका छन् :
‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँ सेवामा लगाउने छु । नि:शब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जली !’
kabarey.com को पनि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोकमा समवेदना व्यक्त गर्दछ । akabarey.com परीक्षण प्रसारणमा छ l
a
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...