किरण विकद्वारा (हिराप्रसाद सेती) राष्ट्रिय जेनजी पार्टी दर्ताको लागि निवेदन
काठमाडौँ: निर्वाचन आयोगमा 'राष्ट्रिय जेनजी पार्टी नेपाल'ले दल दर्ताको निवेदन दिएको छ । पार्टीका अध्यक्ष किरण विककाअनुसार हालै सम्पन्न जेनजी आन्दोलनलाई राजनीतिक रूपले संस्थागत गर्न, प्रतिक्रान्तिबाट जोगाउन र लोकतान्त्रिक निकास खोज्न नयाँ दल आवश्यक भएकाले दल गठन गरिएको हो । निर्वाचन आयोगले दलको नाम र चिन्हमा पुनर्विचार गर्न सुझाव दिएको छ । पार्टीको चिन्ह ‘डबल क्रस खुकुरी’ कायम गरिएको छ ।
दलको संघीय कार्यालय अनामनगरमा रहेको जनाएको छ । विधानअनुसार पदाधिकारीले अधिकतम दुई कार्यकाल मात्रै सो पदमा काम गर्न पाउने र सबै तहमा ६५ वर्ष उमेर हद तोकिएको छ । पार्टीले सामाजिक उदारवादलाई राजनीतिक सिद्धान्त मानेको छ । राष्ट्रिय जेनजी पार्टीका मुख्य आधारस्तम्भहरू युवा, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक अल्पसंख्यकको अधिकार र गणतन्त्र रहेका छन् ।
दलको अध्यक्षमा ३२ वर्षीय किरण विक (हिराप्रसाद सेती) को नाम रहेको छ l बुटवलका निवासी विक जेनजी आन्दोलनका सक्रिय अभियन्ता हुन् । उनी फिल्ममेकिङ र कानुनमा स्नातक तथा अर्बन प्लानिङमा स्नातकोत्तर हुन् । विक सामाजिक न्यायको आन्दोलनमा जहिल्यै अग्रपङ्क्तिमा रहेका देखिन्छन् l
उक्त दलको उपाध्यक्षमा मुना विक, महासचिवमा गोपाल आचार्य, सचिवमा मोहम्मद आयतुल्ला रहमान र सञ्जु नेपाली प्रस्ताव गरिएको छ । उक्त दलसहित आइतबार ३ दल दर्ताका लागि निवेदन दर्ता भएको आयोगले जानकारी गराएको छ ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...