नागढुंगा चेकपोस्टमा माइकिङ : ‘अगाडि नबढ्नुहोला सुरक्षित बस्नु होला ’
काठमाडौं, १८ असोज: प्रहरीले नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ सुरु गरिरहेको छ ।
काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरूको तर्फबाट माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिएको हो । नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन प्रहरीले आव्हान गरिरहेको छ l
‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक/सहचालक महानुभावहरू, तपाईंहरूलाई यहाँबाट अगाडि पठाउन सकिँदैन । त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनुहुन अनुरोध गर्दछौं,’ प्रहरीहरुले माइकिङ गरेर भनिरहेका छन् । प्रहरीको माइकिंङ विनयी र अनुरोधपूर्ण रहेको सुनिएको छ l
स्मरणीय : फोटो सामाजिक संजालबाट साभार l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...