फुट्यो जनमत पार्टी र बन्यो 'जनस्वराज पार्टी'
काठमाडौँ,५ असोज:जनमत पार्टीबाट निस्कासित भएका नेताहरूले जनस्वराज पार्टी बनाएको उदघोष गरेका छन् । जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले पुराना दलहरूको असफलता, बेथिति र भ्रष्टाचारविरुद्ध नयाँ विकल्प प्रस्तुत गर्ने निष्कर्ष निकाल्दै ई.दिपक साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा भएको जानकारी दिइएको छ l
पुराना दलहरू आत्मकेन्द्रित, विभाजनकारी मानसिकता बोकेका कारण जनताको आकांक्षा र अधिकारमाथि तानाशाही ढंगले खेलबाड भएको ठहर गर्दै अब जनता आफैं सशक्त भएर आफ्नो भविष्य निर्धारण गर्नुपर्ने निष्कर्ष निकाल्दै नयाँ पार्टी 'जनस्वराज पार्टी' घोषणा गर्नु परेको उल्लेख गरेका छन् l
पार्टीको गतिविधि अगाडि बढाउन डा. संजयकुमार साह संयोजकत्वमा प्रशिक्षण विभाग र ई. सुरेन्द्र नारायण यादव संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ ।
यस अघि पार्टीका संयोजक डा.साह जनमत पार्टीमा वरिष्ठ उपाध्यक्ष थिए भने आर्थिक विभाग प्रमुख बनेका यादव कोषाध्यक्ष रहेका थिए । अन्य विभागहरू पनि चाँडै गठन गर्ने संयोजक साहले बताएका छन् ।
पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पारदर्शी र जवाफदेही राजनीति, शिक्षा–स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, सम्मानजनक अधिकार र अवसर, महिला, युवा, दलित, मुस्लिम, किसान, श्रमिकलगायत विपन्न वर्गको सशक्तीकरण तथा स्थानीय स्वायत्ततासहितको कार्यकारी राष्ट्रपति प्रणालीलाई आफ्नो प्रमुख एजेण्डा भएको पनि जानकारी दिएको छ l
अर्को असन्तुष्ट पक्ष वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिइसकेका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...