बाजुराको पादुकामा दलित महिला माथि पूजा गर्न निषेध
अन्नपूर्णपोस्ट बाजुरा:बाजुराको बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकात्तिक खापर गाउँपालिकाको बीचमा रहेको पादुका त्रिवेणी धाममा दलित महिलालाई पूजामा रोक लगाएको छ।
स्वामीकात्तिक खापर गाउँपालिका-३ की रमिता बिकसहित चारजना दलित महिलालाई पादुका त्रिवेणी धामका पुजारी मष्टीप्रसाद पाध्यायले मन्दिर प्रवेशमा रोक लगाएको रमिता बिकले बताएकी छन्।
बिकले आफूसहित चारजना भदौ १० गते बिहान तीजको अवर पारेर पूजा गर्न पादुका पुगेका बताइन्। पुजारीले आज मुल पुजा हो दलितले मन्दिर प्रवेश गर्न पाउँदैनौ भन्दै रोकेको बताइन्। आफूलाई मन्दिर प्रवेश निषेध गरिएपछि कोल्टी इलाका प्रहरी चौकीमा निवेदन दिएको बताएकी छन्।
जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख डीएसपी इकवाल हवारीले पादुका मन्दिर प्रवेश निषेध गरेको भन्दै निवेदन आएको छ र उक्त निवेदनका आधारमा मन्दिरका पुजारी र निवेदकलाई बोलाएर घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएका छन्।
नेपालको संविधानले सबै नागरिकलाई धार्मिक स्वतन्त्रता र समान अधिकारको ग्यारेन्टी दिएको छ। संविधानको धारा १८ अनुसार जातीय विभेद नगरी सबै नागरिक समान छन्। धारा २४ मा अछुत प्रथा (छुवाछूत) र जातीय विभेदलाई प्रत्यक्ष रूपमा निषेध गरिएको भनिएको छ।
जातीय विभेद तथा छुवाछूत (कसूर तथा सजाय) ऐन, २०६८ अनुसार कुनै व्यक्तिलाई जातको आधारमा पूजा, धार्मिक स्थल वा सामाजिक गतिविधिमा सहभागी हुन रोक्नु आपराधिक कृत्य हो र यसका लागि जेल सजायदेखि जरिवानासम्मको प्रावधान छ।
स्थानीयवासीले धार्मिक स्थलमा अझै पनि दलित समुदाय माथि हुने विभेदलाई संविधान र कानूनी व्यवस्थाको प्रत्यक्ष उल्लंघन भन्दै आलोचना गरेका छन्। उनीहरूको भनाइमा, पादुका त्रिवेणी धामजस्ता साझा धार्मिक स्थल सबैका लागि खुला हुनुपर्नेमा पुजारीले गरेको व्यवहारले दलित समुदायलाई अपमानित बनाएको छ। यसरी विभेद गर्ने पुजारीलाई कानुनसम्मत कारबाही परिनु पर्ने बताउँदै आएका छन्।
स्मरणीय : प्रस्तुत सामग्री पत्रपत्रिका स्तम्भ अन्तर्गत अन्नपूर्ण पोस्टबाट साभार गरिएको छ l
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...