डा.रामेशलाई मैले ट्विटरमा ब्लक गरिदिएँ-रविन्द्र मिश्र
( डा. रामेश कोइरालालले गङ्गालाल अस्पताल र देश छोडेर हिँडेकोमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो फेसबुकबाट दु:ख प्रकट गर्दै उनीसँगका तीता पल शेयर गरेका छन् l वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले देशमा बसेर गरेको सेवाको भने दिल खोलेर मिश्रले प्रशंसा गरेका छन् l मिश्रको फेसबुकमा रहेको स्टाटस जस्ताको त्यस्तै akabarey.comले साभार गरेर आफ्ना पाठको लागि प्रस्तुत गरेको छ l मिश्रको फोटो उनको फेसबुकबाट साभार गरिएको छ l )
मिश्र लेख्छन् :
अत्यन्तै दुखी छु !
डा रामेश कोइराला र मेरो खासगरी राजनीतिक कुरा कहिल्यै मिलेन। 'मार्ग परिवर्तन' गर्नुअघि पनि मिलेन। उनी मलाई अधिकांश स्थितिमा शुरूदेखि नै अति तुच्छतापूर्वक खेदिरहने थोरै 'बौद्धिक' मध्येका एक थिए।
स्थिति यतिसम्म अपाच्य भयो कि मैले उनलाई ट्विटरमा ब्लक गरिदिएँ र तत्काल उनले पनि मलाई ब्लक गरिदिए।
तर आज उनले गङ्गालाल र देश छोडेर गएकोमा अत्यन्तै दुखी छु। हण्डर-ठक्कर सहेर, सरकारी अस्पतालमा सरकारी तलब खाएर, विदेश गएको भए महिनामैँ दशौँ लाख कमाउने अवसर छाडेर उनी जत्तिको मानिस जसरी नेपाल बसेका थिए, र उनले जेजस्तो सेवा दिएका थिए, त्यसको जति प्रशंसा गरे पनि पुग्दैन। म तपाईँलाई नमन गर्छु।
देशको वर्तमानको पीडा र भविष्यमा आउने अझ गम्भिर अवस्था कसले बुझिदिने!
गत चार वर्षमा (२०२१–२०२५) ८,६२४ नयाँ डाक्टरहरू नेपाल मेडिकल काउन्सिलमा दर्ता भए।
तीमध्ये ६,३६८ जनाले विदेश जाने हेतुले Good Standing Certificate प्राप्त गरे।
रामेशजी,
एकबारको जिन्दगी हो। तपाईँले असाधारण स्तरको सार्वजनिक सेवा गरिसक्नुभएको छ। जे पाउनु भएन, त्यसका लागि पश्चताप गर्नु पर्दैन (वास्तवमा यो स्थिति आउनमा तपाईँहरूजस्ताको चरम राजनीतिक आग्रह त्यत्तिकै जिम्मेवार छ)।
जहाँ रहनु हुन्छ, जे गर्नु हुन्छ -- खुशी र सुखी रहनोस्। धेरैधेरै शुभकामना व्यक्त गर्दछु। अत्यन्तै दुखी। यस्तै हुने हो भने देश के होला!
नमरी बाँचे कालले साँचे कुनै दिन तपाईँको तुच्छताका बारे बसेर गफ गर्दै हाँसौँला !
No insights to show
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'