सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित 'नेपालको निर्वाचन इतिहास’ पुस्तकको प्रधानमन्त्री ओलीद्वारा लोकार्पण
काठमाडौँ, १८ साउन: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरूले संसद्मा अवरोध गरिरहेको बताउनुुभएको छ ।
पूर्व प्रमुुख निर्वाचन आयुक्त सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत र नेपालको निर्वाचन इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका बैठकहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिनुुभयो ।
“लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार हुन्छ र जनताप्रति उत्तरदायी हुन्छ । यस प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हाम्रो ध्येय सुशासन र समृद्धि हो । कोही पनि अराजक भएनन् भने सरकारले कानुुन लगाइरहन पर्दैन । अराजकता देखिएमा त्यसलाई कानुले आफ्नो बाटो लिनुुपर्ने हुन्छ ।’’
प्रधानमन्त्री ओलीले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेदवारहरूले सीमाभन्दा बढी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरूले गरेका टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अनुुभवमा त्यस्तो नभएको स्पष्ट गर्नुभयो । उहाँले आफूू विगतमा गृहमन्त्री र प्रधानमन्त्री हुँदा पनि स्वच्छ निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलगायत निकायलाई कुनै हस्तक्षेप नगरेको स्मरण गर्दै गर्नुभयो । आफूले २०४८ सालमा निर्वाचन लड्दा माधव नेपालले दिएको दुई सय रुपैयामा २० रुपैया बचेको उक्त रकम चुनावपछि साथीहरूसँग बसेर चिया खाँदा खर्च गरेको स्मरण गर्नुभयो l ४३ हजार साथीहरूले चन्दा उठाएको र २१ हजार निर्वाचनमा खर्च गरेको र बाँकी बसको छतमा बसेर चुनाव प्रचारप्रसार गर्दा दुई साथी खस्दा उपचार गर्नेक्रममा १२ हजार खर्च भएको र बाँकी १० हजार पछि पार्टी कोषमा जम्मा गरेको अनुभव सुनाउनु भयो l
स्मरणीय : फोटो प्रधानमन्त्रीको अफिसियल पेजबाट प्राप्त l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...