किरात संस्कृति जोडिएको ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण
रासस-भोजपुर, ५ साउन : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको हतुवागढी गाउँपालिकास्थित ‘दिमालुङ स्मारक उद्यान’ को संरक्षण गरिएको छ । किरात संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ स्मारक उद्यान संरक्षण गरिएको हो । किरात राईहरूको आस्थाको केन्द्रको रुपमा रहेको हतुवागढी– २ र ३ मा पर्ने यहाँ उद्यानसँगै आसपासमा पदमार्गसमेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो ।
पार्कस्थलको घेराबारा, दिमाको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएको उहाँको भनाइ छ । “गाउँपालिका र प्रदेश सरकारको लगानीमा यहाँ दिमालुङ उद्यान निर्माण गरेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौँ । संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने हाम्रो उद्देश्य हो ।” किरात इतिहासको संरक्षणसँगै यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ दिमालुङ स्मारक उद्यान निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यो स्थान गाउँपालिकाले निर्माण गरेको ‘जोर आहाल, शङ्मचुली, दिमालुङ’ पदमार्गको अन्तिम विन्दुमा पर्ने भएकाले यहाँ पर्यटनको सम्भावना रहेको अध्यक्ष राईको भनाइ छ । यहाँ पर्यटक लक्षित गरी किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन् ।
किरात ईतिहास बोकेको विशेष दिमालुङ ढुङ्गाको संरक्षण गर्दै स्मारक निर्माण गरिएको अध्यक्ष राईले बताउनुभयो । “किरातहरुको इतिहास जोडिएको यो स्थानको संरक्षण गरेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हुने भएकाले पार्कको नाम दिमालुङ रहेको हो । यो ठाउँले ऐतिहासिक महत्व बोकेको छ । यसलाई पर्यटनसँग जोडेर विकासमा जुटेका हौँ ।” पर्यटकलाई लक्षित गरेर करिब चार रोपनी क्षेत्रमा दिमालुङ स्मारक र नजिकै करिब १५ रोपनी क्षेत्रमा दिमालुङ उद्यान निर्माण गरिएको छ ।
किरात समुदायले वर्षमा दुई पटक यो क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन् । पर्यटनसँग जोडेर ऐतिहासिक क्षेत्रको योजनाबद्ध विकासले हतुवा क्षेत्रको विकासमा थप टेवा पुग्ने हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताउनुभयो । यस्ता ठाउँको प्रचारप्रसार गरेर गाउँपालिकाको राम्रो आर्थिक स्रोतको रुपमा जोड्न सकिने उहाँको भनाइ छ ।
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।