श्रीहिमवत्खण्ड,नेपाल माहात्म्य श्री शिव महापुराण श्रावण १ बाट सुरु हुने
श्रीहिमवत्खण्ड,नेपाल माहात्म्य श्री शिव महापुराण श्रावण १ बाट सुरु हुने घोषणा भएको छ । विभिन्न क्षेत्रका व्यत्तित्वहरूको उपस्थितिमा कार्यक्रमको घोेषणा गरिएको हो । राजानन्द माण्डव्यको सङ्कल्पमा श्रीहिमवत्खण्ड नेपाल माहात्म्य श्री शिव महापुराणको आयोजना हुने भएको हो ।
२०८२ साल श्रावण मासको १ गतेबाट पशुपति क्षेत्र भित्र पर्ने सुमार्गी भवन अगाडि हुने हिमवत्खण्ड , नेपाल माहात्म्य, शिव महापुराणमा वाचन प्रविण प.दिनवन्धु पोख्रल, आचार्य पं.कविन्द्र न्यौपाने, व्यासाचार्य पं. दिपकिशोर भट्टराई, व्यासाचार्य सुमी मानव, आचार्य सरस्वती चौलागार्ई(शाकम्भरी) आदिले कथा वाचन गर्नु हुनेछ l
त्यसैगरी आचार्य गार्गी चौलागाईँ(शाम्भवी),देवी अभियान शर्मा,व्यासाचार्य सञ्जेलजी महाराज, व्यासाचार्य पं चैतन्यकृष्ण महाराजजी, पं. वालकृष्ण अर्याल, पं. नारदमणि पौड्याल, व्यासाचार्य पं. केशव प्रसाद नेपाल , बाल व्यास द्वय पं.कविन वस्ती , पं. विश्वदेव दाहाल लगायतका धार्मिक व्यक्तित्वहरू बाट श्रावण मास भरि सुमधुर कथा श्रवण गर्ने सु-अवसर प्राप्त हुनेछ।
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।