नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई कारबाही गर्यो
काठमाडौं– नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटाएको छ।
एमालेले पार्टी संगठनलाई समय दिन नसकेको, जिम्मेवारीबाट अलग हुन चाहेको, लामो समयसम्म पार्टीबाट निस्कृय रहेको, स्वास्थ्य समस्यालगायत कारण देखाएका ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा दिइएको एमालेले बताएको हो। एमालेले केशव स्थापित, प्रमोदनारायण यादव, अजय क्रान्ति शाक्य, जुनेली श्रेष्ठ, पार्वती रावल र पुरनसिंह दयाल बैतडीलाई केन्द्रीय सदस्यबाट हटाएको हो।
लामो समयदेखि पार्टीको काममा संलग्न नदेखिएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिइने एमालेको अन्तरपार्टी निर्देशन (अपानि)मा उल्लेख छ।
akabarey. com परीक्षणमा छ l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l