पूर्वमन्त्री लालबाबु पण्डित पत्नी शोकमा
काठमाडौं : पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ । उनको पत्नी बिमला महतको गएराति निधन भएको हो । उपचारको क्रममा पौने एक बजे पत्नीको निधन भएको पण्डितले जानकारी फेस बुकमार्फत दिँदै पण्डितले लेखेका छन् : 'मेरो जीवन सँगीनी बिमला महत आज १२.४५ मा मलाई एक्लो बनाएर गइन् l जन्म २०२२/६/२—-मृत्यु २०८२/२/१५ /०.४५ बजे l'
२०२२ असोज २ गते ललितपुरमा जन्मिएकी बिमला र लालबाबु पण्डितको नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा जनवादी बिहे भएको थियो ।
बिमला महत करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन् ।
स्मरणीय : फोटो पण्डितको फेसबुकबाट साभार l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...