रुकुम हत्याकाण्डका पीडित परिवारलाई CWN र पूर्व प्रम बाबुराम भट्टराईको आर्थिक सहयोग
काठमाडौँ: काठमाडौंको माइतीघर मण्डलामा वैशाख १२ गते देखि धर्ना बसेका (रुकुम हत्याकाण्डका पीडित परिवारलाई) नवराज वि.क हत्याकाण्डका पीडित परिवारहरूलाई CWN का केन्द्रिय अध्यक्ष डा.मित्र परियारको विशेष पहलमा पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पीडित परिवारहरूलाई माइतीघर पुगी प्रत्यक्ष भेट गरेर नौ हजार नगद आर्थिक सहयोग गर्नु भएको छ l
कास्ट वाच नेटवर्कका (CWN) का केन्द्रीय अध्यक्ष डा. मित्र परियारको पहलमा सहयोगी हातहरूको तर्फबाट उठेको रकम पीडित परिवारहरूलाई नगद बीस हजार रुपियाँ हस्तान्तरण गरिएको कुरा पनि डा. परियारले जानकारी गराउनु भएको छ l
२०७७ जेठ १० गते रुकुमको सोतीमा जातीय नरसंहारमा परेका परिवार हत्यालाई जातीय कारण नभनी सामान्य हत्याको रूपमा उच्च अदालत सुर्खेतले गरेको फैसला अनुचित र अन्यायपूर्ण छ भन्दै विरोध र प्रदर्शनमा छन् l फैसला सच्याउन र सम्बन्धित न्यायाधीशलाई कारबाहीको माग गर्दै आन्दोलतरत परिवार आर्थिक समस्यामा परेको र उनीहरूलाई सहयोग गर्न डा. मित्र परियारले सार्वजनिक अपिल गर्नु भयको थियो l
स्मरणीय : फोटो मित्र परियारले उपलब्ध गराउनु भएको हो l
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...