विद्यार्थीमाथि जातीय विभेद गर्ने पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक विभागीय कारबाहीमा
कास्की-त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक डा. देवीलाल शर्माले आफ्ना विद्यार्थीलाई जातीय रूपमा गालीगलौज धाकधम्की दिएर जातीय विभेद गरेका छन् l उनको उक्त हर्कतमाथि क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले मंगलबार उपप्राध्यापक डा. देवीलाल शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखबाट हटाएका छन् ।
डा. शर्माले एमबीए फाइनान्स तर्फ शैक्षिक अवलोकन भ्रमणमा जाँदा विवाद भएपछि विद्यार्थी अमन परियारमाथि सोमबार अपमानजनक शब्द प्रयोग गरेर धम्क्याएका थिए । यसपछि पीडित विद्यार्थीले उपप्राध्यापक शर्मामाथि कारबाही हुनुपर्ने माग क्याम्पस प्रशासनसामु राखे । यस घटनालाई लिएर क्याम्पसमा सक्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, दलित विद्यार्थी समाज, तराई कानुन विद्यार्थी संघले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका थिए ।
घटनापछि क्याम्पस प्रमुख पाठकले शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखको जिम्मेवारीबाट विशेष परिस्थितिका कारण उल्लेख गर्दै पत्र दिएका छन् l वैशाख २६ मा विभाग प्रमुख बनेका डा. शर्माको जिम्मेवारी ५ दिन पछि खोसिएको छ ।
उपप्राध्यापक शर्मालाई विभागीय जिम्मेवारीबाट मात्र नभई बर्खास्त नै गर्नुपर्ने विद्यार्थीको माग विभिन्न विद्यार्थी संघ संगठन र स्वतन्त्रता र मानव मर्यादाका हितैसीहरूले गरेका छन् । दलित विद्यार्थी समाजले घोर आपत्तिसहित शर्मालाई कारबाही र बर्खास्तीको माग गरेको छ l
निष्कासनको सिफारिस गर्न क्याम्पस प्रशासनले तदारुकता नदेखाए स्ववियुले यो मुद्दालाई गम्भीर ढंगले लिने स्ववियुका पदाधिकारीको राय छ l विश्वविद्यालयकै स्थायी भएकाले क्याम्पस प्रमुखले निष्कासन गर्न मिलेन । । क्याम्पस प्रमुखले निष्कासनको सिफारिस गरेर मानव मर्यादाको पक्षमा आफूलाई उभ्याउनुपर्ने तर्क बुद्धिजीवी र मानवअधिकारवादीहरूले गरेका छन् l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...