कर्मचारीमाथि हातपात गर्ने रोहिणी गाउँपालिकाका वडाध्यक्षले मागे माफी
काठमाडौं : रुपन्देहीको रोहिणी गाउँपालिकाका कर्मचारी कुटिएको विषयमा वडा अध्यक्षले माफी मागेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा वडा अध्यक्ष करम हुसेन खानले गल्ती भएको भन्दै आत्मआलोचनासहित पीडित मधु प्रसाद घिमिरेसँग माफी मागेका हुन् ।
वडाध्यक्ष हुसेनले अबदेखि त्यस्तो नगर्ने भनी माफी मागेपछि दुवै पक्षबीच सहमति भएको हो ।
सहायक प्रजिअ अयोध्या प्रसाद भण्डारी, रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश चौधरी, आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेश प्रसाद पाण्डेय कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणि पाण्डेय, कर्मचारी संगठनका जिल्ला अध्यक्ष कमल पराजुली, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष उत्सव न्यौपाने लगायतका जिल्लास्थित ट्रेड युनियनका प्रतिनिधिहरूको रोहबरमा पीडित कर्मचारी घिमिरे र वडाध्यक्ष हुसेनबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
फाल्गुण ५ गते रुपन्देही जिल्ला स्थित रोहिणी गाउँपालिकाको बैठकमा आफ्नो विचार राखिरहेका शिक्षा शाखा प्रमुख घिमिरेलाई सोही गाउँपालिकाका वडा नं. २ का अध्यक्ष हुसेनले गाली गलौज, दुर्व्यवहार एवम् हातपात गरेको घटनाप्रति रुपन्देहीका क्रियाशील सबै ट्रेड युनियनहरूले विरोध जनाउँदै दोषीलाई तत्काल पक्राउ नगरे कामकाज ठप्प पार्ने चेतावनी दिएका थिए ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको पहल र कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन कुमार पन्थी र हरी ज्ञवाली तथा कर्मचारी संगठनका केन्द्रीय सदस्य नारायण प्रसाद भण्डारीको समन्वयमा वार्ता भई सहमति भएपश्चात तत्कालका लागि विरोधका कार्यक्रम स्थगित भएका छन् ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...