Gita4Life अभियानको तर्फबाट धनगढीका मेयर गोपी हमाललाई 'योगी'को उपाधि
Gita4Life अभियानको तर्फबाट धनगढीका मेयर गोपी हमाललाई २०८१ माघ २० गते 'योगी' को उपाधि प्रदान गरिएको छ l अभियानका धनगढी नगर संयोजक श्री रुद्रप्रसाद पन्त र अभियान्ता प्रभास भट्टको सहभागितामा अभियानका संयोजक डा. हरिचन्द्र कमलीद्वारा मेयर हमाललाई अभियानको तर्फबाट' योगी'' को उपाधि मेयर गोपी हमालकै निवासमा पुगेर सम्मान गरिएको छ l
मेयर हमाललाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ : 'सुदूरपश्चिमको धनगढी नगरमा रहेर यहाँको आर्थिक, सामाजि, सांस्कृतिक, शैक्षिक र राजनीतिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै एक सच्चा कर्मयोगीको रूपमा निरन्तर कर्म गर्दै हाल धनगढी उपमहानगरपालिकाको नगर प्रमुखको रूपमा राष्ट्रिय स्तरमा नै एक उदाहरणीय कर्मयोगी मेयरको रूपमा स्थापित हुनु भएको हुँदा जीवनका लागि गीता अभियान यहाँको व्यक्तित्व र कर्मको उच्च कदर गर्दै यहाँलाई योगी उपाधि प्रदान गर्दै सम्मान गर्दछ l'
गोपी हमालज्यूको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै यहाँले परिकल्पना गरेको जस्तो धनगढी नगर बन्न सकोस् हार्दिक शुभकामना भन्दै जीवनका लागि गीता ज्ञान अभियानका केन्द्रीय संयोजक डा.हरिचन्द्र कमलीको हस्ताक्षरमा सम्मानपत्र रहेको छ l
सम्मान पत्र:
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...