पशुपतिमा नयाँ पुजारी नियुक्त
नयाँ नियुक्त भएका पशुपतिका पुजारी विनय अडिगा हुन् l हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरमा थप एक पुजारी नियुक्त भएका छन्। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले चार महिनादेखि रिक्त पुजारी नियुक्ति गर्दै आज (बुधबार) नयाँ पुजारीलाई मन्दिर प्रवेश गराएको परिषदका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।
‘चार महिनाअघि एक पुजारीले राजीनामा गर्नुभएको थियो,’ कार्यकारी निर्देशक खतिवडाले भने, ‘रिक्त रहेको एक पुजारी नियुक्त गरेर आज मन्दिर प्रवेश गराएका छौं।’
नयाँ नियुक्त भएका पशुपतिका पुजारी विनय अडिगा हुन्। उनलाई आज मन्दिर क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गराउँदै मन्दिर प्रवेश गराइएको हो।
पशुपतिमा चार मूल पुजारी हुने गर्दछन्। तर, चार महिनादेखि तीन जना मात्र थिए। मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजीनामा गरेका थिए। यति लामोसमयसम्म पुजारी खालि राखुनुको कारण पशुपति विकास कोषमा शक्तिको चलखेल रहेको स्थानीय भक्तजनको भनाई छ l
Akabarey.com टिप्पणी यति महत्त्वपूर्ण स्थानको नियुक्तिमा समेत ढिलासुस्ती हुनु र शक्तिको लेखाजोखा हुनु खेदपूर्ण रहेको छ l
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।