एमालेलाई काठमाडौँ महानगरको एक लाख जरिवाना, दरबारमार्गमा फोहोर गरेको आरोप
काठमाडौं, मङ्सिर ७-काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँको जरिवाना गर्ने निर्णयको पत्र काटेको छ l
काठमाडौँ महानगरपालिकाको कार्यालयले चलानी नं. १६६ भएको पत्र नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी कार्यालयको नाममा काटेको छ र विषय जरिवाना सम्बन्धमा उल्लेख गरिएको छ l
बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना गरेको पत्र सार्वजनिक गरेको छ l
महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ ।
एमालेको जागरण सभामा सहभागीहरूले बदामका बोक्रा,प्लास्टिक, पानीका बोतल र चाउचाउका खोललगायत फोहोर जथाभावी फालेका थिए l
काठमाडौं महानगरपालिकाको पत्र जस्ताको त्यस्तै :
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...