रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ
काठमाडौं : प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । लागुऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद श्रेष्ठ पक्राउ परेका हुन् ।
लागुऔषधसहित पक्राउ परेका एक युवकले उक्त लागुऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेका हुन् ।
उनले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको खुलेको प्रहरीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो ।
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l