एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताइन् ।
बैठकको सुरुमै एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि अध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय उपलब्ध गराएका थिए ।
त्यसक्रममा रावलले सरकारमा आवद्ध राजनीतिक दलकै नेता कार्यकर्ता सुन तस्करीमा मुछिएको भन्दै सरकार सुन तस्करी प्रकरणमा निष्पक्ष छानविनको पक्षमा नदेखिएकाले बैठक चल्न नसक्ने बताइन् ।
अध्यक्ष तिमिल्सिनाले शीर्ष नेताहरुबीच संवाद चलिरहेको र समस्या समाधानको प्रयास भइरहेकाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु आसन ग्रहण गर्न मानेनन् ।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरे ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...