नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा रामकुमारी झाँक्री विजयी
काठमाडौँ, भदौ १३- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री उपाध्यक्षमा (पदाधिकारी ) पराजित भए पनि पनि पोलिटब्युरो सदस्यमा भने विजयी भएकी छन् । आज सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् l
महिला उपाध्यक्षमा झाँक्री जयन्ती देवी राईसँग पराजित भएकी थिइन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाएकी थिइन् ।
एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । पार्टी विभाजन पछिको पहिलो महाधिवेशन पश्चात् भएको पदाधिकारी चयनमा पराजित भए पनि पोलिटब्युरोमा भने उनी विजयी भएकी हुन् । ओलीलाई विस्थापन गरेपछिको देउवा मन्त्री मण्डलामा नेकपा एस तर्फबाट शहरी विकास मन्त्रीको कार्यभार पनि सम्हाल्ने मौका पाएकी व्यक्ति हुन् l मन्त्री मण्डलबाट फिर्ता बोलाएपछि पार्टीसँग असन्तुस्ट झाँक्री पदाधिकारीमा पराजय हुनुको एउटा कारण भनेर विश्लेषण गरेको पाइन्छ l
तस्बिर : विकिपिडिया
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...