जीवनका लागि गीता अभियान कन्चनपुर जिल्ला संयोजन समिति गठन

जीवनका लागि गीता अभियान( Gita4Life Campaign) को सुदूरपश्चिम प्रदेश स्थित कन्चनपुर जिल्लामा भाद्र १० गते विशेष कार्यक्रम र भेला गरी संयोजन समिति गठन भएकोछ । युवा र उर्जाशील व्यक्तित्व वासुदेव भट्टको संयोजकत्वमा गठित संयोजन समितिमा युवा उर्जाशील व्यक्तित्व नरेन्द्र कलौनी सहसंयोजक मनोनित हुनु भएको छ l
वीरवहादुर चन्द,दीर्घ बहादुर चन्द र गंगा दत्त जोशी कन्चनपुर जिल्ला संयोजन समितिको सल्लाहकारमा मनोनित हुनु भएकोछ । कन्चनपुर जिल्ला जीवनका लागि गीता अभियान जिल्ला संयोजन समिति गठन गर्ने सुदूरश्चिममैं पहिलो जिल्ला भएको छ ।
सुदूरपश्चिम प्रदेश संयोजन समितिका संयोजक सुरेन्द्र ओझाको अध्यक्षतामा संन्चालित जिल्ला संयोजन समिति घोषणा कार्यक्रममा प्रजापती ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, महेन्द्रनगर शाखा प्रमुख महिमा दिदीले प्रमुख अतिथी एवं मुख्य वक्ताका रूपमा जीवनका लागि गीता विषयमा चर्चा गर्नु भएको थियो ।
सुदूरपश्चिम संयोजन समितिका सल्लाहकार आचार्य घनश्याम लेखकले अभियानको उद्देश्यका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा सुरज कुमार पन्त , मदन चन्द , राजु खड्का, गंगा दत्त जोशी ,दीर्घ बहादुर चन्द र वीर वहादुर चन्दले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
(Gita4Life Campaign) ॐ तत् सत् ।
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...