बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा दोलखा जफेका शुकदेव काफ्ले नियुक्त
काठमाडौँ - बागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता शुकदेव काफ्लेलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य मन्त्री बहादुर सिंह लामाको सिफारिसमा नियुक्त गरेका छन् l
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम काफलेलाई नियुक्त गरेका हुन् l
दोलखा जिल्ला तामाकोशी गाउँपालिका–३ का काफ्लेले २०४७ सालमा दोलखा कै गोल्मेश्वर मावि मालुबाट एसएलसी पास गरेका हुन् l त्यस पश्चात २०४८ देखि काठमाडौँ भृकुटीमण्डपमा रहेको नेपाल ल क्याम्पसमा कानुनको अध्ययन सकाएर काफ्लेले अधिवक्ताको लाइसेन्स लिएदेखि वकालत पेशामा निरन्तर संलग्न रहेका छन् l
नवनियुक्त मुख्य न्यायाधिवक्ताको शपथ ग्रहण भदौ ५ गते हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।
फोटो स्रोत : सुरेश काफ्ले
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...