दलित कानुन विद्यार्थी समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
दलित कानुन विद्यार्थी समाजको प्रथम राष्ट्रिय सम्मेलन भव्यताका साथ शनिबार १२ गते नेपाल ल क्याम्पसमा सम्पन्न भएको छ l "राष्ट्रिय दलित आयोग"अध्यक्ष माननीय देवराज विश्वकर्मा प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा विश्वकर्माले शुभकामना मन्तव्य राखेर कार्यक्रम सफलताको कामना गर्नु भएको थियो l
देशव्यापी रूपमा रहेका दलित समुदायका कानुन अध्ययनरत विद्यार्थीहरूको साझा संस्थाका रूपमा विगतदेखि काम गरिरहेको उक्त संस्थाले शिशिर विश्वकर्माको अध्यक्षतामा सहित १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन समेत गरेको छ । खुल्ला सत्रको समापन लगतै सुरु भएको बन्द शत्रले अबको एक वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो l
दलित कानुन विद्यार्थी समाजको प्रथम राष्ट्रिय सम्मेलनले रोजेको नेतृत्व :
अध्यक्ष : शिशिर विश्वकर्मा
उपाध्यक्ष : रोहित गजमेर
सचीव : रुद्र सार्की
सह - सचीव : तारा बि.क
कोषाध्यक्ष : निरुसा गुइडेल
सदस्यहरु :
- काजल बि. क
- सिल्पा तिरुवा
- राधा कुमारी राम
- सरिना बि. क
- भरत बि . क
- सुधन लोहार
- घनश्यम बि. क
- अमृता दर्जी
- भरत बराइली
- एक जना सदस्य कार्यसमितिको बैठक बाट मनोनीत गरिने निर्णय समेत भएको छ l
दलित कानुन विद्यार्थी समाजले सुरुका वर्षमा प्रारम्भिक रूपमा दलित समुदायका विद्यार्थीहरूको जात व्यवस्था विरुद्धको ज्ञानको दायरा बढाउने कार्यक्रम, जात व्यवस्था विरुद्धको आन्दोलनमा गैर दलित समुदायका भूमिका रहेकाले सो सम्बन्धित कार्यक्रम, रुकुम हत्या काण्डका फैसला पश्चात सो मुद्दाको न्यायिक प्रक्रिया सम्बन्धमा अन्तरक्रिया कार्र्यक्रम र संविधानमा दलित अधिकार लगाएत थुप्रै कार्यक्रम गरेको थियो l
स्मरणीय : समाचार र फोटो स्रोत: रोहित विश्वकर्मा
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...