पत्रकार महासङ्घलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन अपिल
काठमाडौँ, श्रावण,२ क्रियाशील पत्रकारहरूको साझा मोर्चाले 'नेपाल पत्रकार महासङ्घको विद्यमान समस्या र निकास' नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।महासङ्घभित्र देखिएको राजनीतिक हस्तक्षेपको अन्त्य गर्नुपर्ने मूल विषयमा केन्द्रित रहेर कार्यक्रम संचालन गरिएको थियो । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष शिव गाउँले, पूर्व उपाध्यक्ष राधा बुढाथोकी शुद्धिकरण समितिका सदस्य तथा पूर्व सचिव धर्मेन्द्र कर्ण, प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेलगायतले अन्तरक्रियामा भाग लिएका थिए ।
बुधबार मधेश मिडिया हाउसमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले महासङ्घलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्नेमा जोड दिएका छन् । महासङ्घका पूर्व अध्यक्ष शिव गाउँले नियत सफा राखेर समस्याको समाधान गर्ने हो भने २४औँ घण्टाभित्र विवाद अन्त्य हुने अनि २५औँ घण्टामा चुनाव गराउन सकिने दावी प्रस्तुत गरे । महासङ्घकै पदाधिकारीले विद्यमान समस्याको निकास दिन सक्ने बताउँदै गैरपत्रकारको हस्तक्षेपलाई स्वीकार गर्न नहुने सुझाव गाउँलेको थियो । शुद्धिकरण समितिका सदस्य तथा पूर्व सचिव धर्मेन्द्र कर्णले महासङ्घले समयमै चुनाव नगरेर आफ्नो वैद्यानिकता गुमाएको धारणा व्यक्त गरे । तोकिएको मितिमा चुनाव गर्न नसक्ने संस्थाले पत्रकारको हक हितमा कसरी आवाज उठाउन सक्छ भन्ने उनको प्रश्न थियो ।
महासङ्घकी पूर्व उपाध्यक्ष राधा बुढाथोकीले महासङ्घमा गैर पत्रकारको बाहुल्यता धेरै भएकोले श्रमजीवी पत्रकारको पहिचान आवश्यक रहेको बताइन् । उनले महासङ्घले सदस्यताको वितरण गर्दा पत्रकारको पृष्टभूमि हेर्नुपर्ने सुझाव दिइन् । अरूलाई प्रश्न उठाउने औँलाले आज आफ्नै संस्थालाई औँला उठाउनु पर्दा दुख लागेको उनको भनाई थियो l । प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेलेमहासङ्घमा सल्लाहकारको भूमिका कमजोर भएको धारणा राख्दै पूर्व अध्यक्षहरूको मौन भूमिकाको विरोध गर्दै आगामी दिनमा खवरदारी गरेर भएपनि चुनाव गराउने गरी भूमिका खेल्न सुझाव दिए । अन्तरक्रिया कार्यकममा विभिन्न सञ्चार माध्यममा क्रियाशील भएर लागेका पत्रकारहरूको सहभागिता थियो । उनीहरूले श्रमजीवी पत्रकारको हक हितको लागि खबरदारी गर्न मोर्चालाई आग्रह गरेका छन् ।
कार्यक्रममा डा. सुरेश आचार्य (पूर्व सभापति, पत्रकार महासङ्घ) विष्णु निष्ठुरी (पूर्व सभापति, पत्रकार पत्रकार महासङ्घ), राम प्रसाद दाहाल (शुद्धिकरण समिति सदस्य तथा पूर्व सचिव) पुनम पौडेल (टेलिभिजन पत्रकार)आदि पनि वक्ता भएको निमन्त्रणा पत्र भए पनि निष्ठुर, दाहाल र पौडेल उपस्थित थिएनन् l पत्रकारहरू अनावश्यक राजनीतिक हस्तक्षेपमा परेको अधिकांश वक्ताहरूको गुनासो थियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...