डा. स्वर्णिम वाग्लेकोबाट कुट्ने धम्की आयो - डा. मुकुल ढकाल
काठमाडौं. असार ३० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेकोबाट आफूलाई कुट्ने धम्की आएको दाबी गरेका छन् ।
आज एक स्टाटस फेस बुकमा लेख्दै उनले आफूलाई स्वर्णिमको सचिवालयबाट फोन गरेको तर, नउठाएपछि आफूसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु’ भनेकाले राति नै डीएसपीलाई फोन गरेर सुरक्षा माग गरेको उल्लेख गरेर लेखेका छन् । हिजो मात्र उनको एक विवादस्पद अन्तर्वार्ता आएको र जसमा स्वर्णिम वाग्लेलाई गम्भीर दोषारोपण र देशद्रोहको आरोप मुकुलले लगाएका छन् l
उनले लेखेका छन्:‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन”… लगायत अनेक भनेकाले , हिजै राती इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...