चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस पुर्यो, दुवै बसमा गरी ६५यात्रु रहेको प्रारम्भिक अनुमान
असार, २८ चितवन - चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ । केही यात्रुहरु समेत बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले कति यात्रु बेपत्ता छन् भन्ने जानकारी प्राप्त नभइसकेको र जानकारी लिने काम हुँदै गरेको छ l प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । जसको लागि ७५ जनाको प्रहरी टोली खोजतलास गर्न लागिरहेको प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे तिर बस पुरिएको प्रहरी कार्यालय चितवनले जनाएको छ । अविरल वर्षाको कारण उद्दार कार्यको लागि असहज भएको पनि प्रहरीले जानकारी दिएको छ l
दुर्घटनाको फाइल फोटो प्रयोग गरिएको छ l
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...