सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार
काठमाडौं । दक्षिण कोरियाका लागि असार ७ गते राजदूतको लागि सिफारिस गरिएका सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर अनुरोध गरेका छन् l
उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु ।”
प्याकुरेलले आफूलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद कतैबाट पनि सम्पर्क वा कुनै किसिमको सङ्सकेतसम्म नदिइएको बताएका छन् ।
राजदूत नियुक्ति सम्बन्धमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमासमेत गम्भीर विमर्श आवश्यक रहेको प्याकुरेलको भनाई छ l
राजदूत जस्तो जिम्मेवारी प्रदान गर्नु अघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि कार्यदक्षता रुचि कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक,आर्थिक सामाजिक स्थिति सम्बन्धी ज्ञानको विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु भन्दै सरकारी रवैया आलकाँचोपन र हचुवा निर्णयप्रति सुशील प्याकुरेलले प्रश्न उठाएका छन् l
सुशील प्याकुरेलद्वारा जारी प्रेस विज्ञप्ति :
फोटो विकिपीडियाबाट साभार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...