हामीसँग अहिले सातो उडेका साथीहरू छन् - गणेश कार्की
आउँदो असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी २ बर्षको हुनेछ । यो दुई बर्षमा हाम्रो गति यति तिव्र भयो कि थोरैमात्र गति कम भए पनि थला परेको देखिने रहेछ ।
यस्तो नदेखिने बन्न के गर्नु पर्छ भन्ने सोच्न ढिलो हुन लाग्यो । हामीले चाहेको भए यो दुई वर्षमा पार्टीको संरचना बनिसक्थ्यो, दस्तावेज र चुनाव अगाडि भने जस्तै चरित्र बनेको हुन्थ्यो, महाधिवेशनबाट पार्टीका सदस्यहरूले चुनेको नेतृत्व र समितिहरू आएको हुन्थे । तर दोस्रो वार्षिकोत्सव मनाउँदै गर्दा दुई पल्ट सरकारमा पुगेका छौँ । पहिलो पल्ट मतपरिणामको हुटहुटीले र दोस्रो पल्ट चैँ हुटहुटीमा हतार गरेर पहिलो पल्ट सरकारमा जानु गल्ती थियो भनेर आफैले भनेको कुरा बिर्सिएकाले ।
अहिले सरकारको १०० दिन पुग्दै गर्दा हामीसँग के छ ? बन्दाबन्दै रोकिएको संगठन, फेरिदै गरेको ठानिने पार्टीको चरित्र, मन्त्रीहरूले गोजीमा बोकेको राजिनामा पत्र, म्याद नतोकी सारिएको महाधिवेशन र सातो उडेका साथीहरू । अब पहिले आफैले भनेका, लेखेका कुराहरू सम्झिएर, केहि बेर रोकिएर आफ्नो चरित्र के भनेका थियौँ, अर्कै भएको छ कि भने अनुसारै भएको छ भन्ने हेर्न सबैलाई समय मिलोस् ।
मिति तोकिएका केन्द्रीय समिति बैठकसमेत बस्न सकोस् । 'दुई मिनेटमा सक्नु है ।', 'सबैलाई ७ मिनेट समय छ, त्यही = अनुसार गरौँ है' भन्न नपर्ने गरी केन्द्रीय समितिको लामो र प्रभावकारी बैठक बस्न 'क्याबिनेट बैठक' ले बाधा नपुर्याओस् ।
सबैलाई दोस्रो वार्षिकोत्सव सप्ताहको शुभकामना । र, मिच्छामि दुक्कडम् !
स्मरणीय: गणेश कार्की रास्वपा केन्द्रीय सदस्य हुन् l उनले आफ्नो सार्वजनिक संजाल फेस बुकमा राखेको यो सामग्री akabarey.com ले साभार गरेको छ l सम्पादक
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...