महासंघको चुनावले तात्यो बजार, सके गठबन्धनमै अटाउने नभए बागीको तयारीमा आकांक्षी
नेपाल पत्रकार महासंघको अगामी नेतृत्वको चयनका लागि चुनावी सरगर्मी बढेको छ ।
नेतृत्व चयनका लागि विभिन्न तरिकाले कसरत भइरहेको छ । अहिलेको कसरत हेर्दा नेपाल प्रेस युनियन र प्रेस चौतारीको नेतृत्वमा दुइ गठबन्धन बन्ने तयारी तिब्र पारिएको छ । यसको विकल्पको रूपमा तीन वटा ठूला संगठन चौतारी, युनियन र प्रेस सेन्टरले भागबण्डाका आधारमा सिंगो गठबन्धन पनि बन्न सक्ने गतिबिधि पनि भइरहेको स्रेत बताउँछ । यस्तो गठबन्धन बनेमा तीनवटै संगठनभित्रका केही बागी उम्मेद्वारहरूले अन्य साना संगठन र स्वतन्त्र पत्रकारसहितको अर्को गठबन्धन बनाएर मैदानमा आउने निश्चितप्राय छ ।
चुनावी सरगर्मीको माहोल हेर्दा नेपाल प्रेस युनियनमा अहिलेका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघको आगामी अध्यक्षका लागि आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन् । बिष्टबाहेक युनियनभित्र रामजी दाहाल पनि आकांक्षी देखिएका छन् ।
प्रेस युनियनले प्रेस सेन्टर र चौतारीसँग सहकार्य गरेको स्थितिमा बरिष्ठ उपाध्यक्ष बिष्ट श्रमजिवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीसँग सहकार्य गरी आफ्नो नेतृत्वमा नयाँ टिम घोषणा गर्ने गरी तयारी गरिरहेको स्रोतले बताएको छ । यता प्रेस सेन्टरको तर्फबाट श्रमजिवी पत्रकार संघ नेपालका अध्यक्ष जैसीले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन् । जैसीबाहेक प्रेस सेन्टरमा बलराम थापा, खिलबहादुर भण्डारीलगायतका पत्रकारहरू आकांक्षी देखिएका छन् ।
यसैगरी एमाले निकट संगठन चौतारीको तर्फबाट निर्मला शर्माको सम्भावना बलियो देखिएको छ । भने चौतारीका अध्यक्ष गणेश बस्नेत र अखण्ड भण्डारी पनि आकांक्षी देखिएका छन् ।
महासंघको सदस्यता विवाद चर्किएपछि चुनावको मिति भने केही समयपछि सर्ने निश्चित भएको छ । यही जेठ २६ गते हुने भनिएको महासंघको चुनाव सर्ने भएपछि सम्भावित उम्मेदवारहरू आफ्नो तयारी अझैं ब्यापक बढाउन थालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...