'सी' जातिको कानुनी मान्यताको मागसहित प्रधानमन्त्री समक्ष ५ लाख हस्ताक्षर
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले 'सी' जातिलाई कानुनी मान्यता माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५ लाख हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगी सङ्गठनका केन्द्रीय अध्यक्ष दिनेश 'सी' सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । जेठ १५ देखि १८ गतेसम्म देशभर चलेको हस्ताक्षर अभियानबाट सङ्कलित ५ लाख भन्दा बढी हस्ताक्षरसहित ज्ञापनपत्र लिएर युवाहरूको टोली बालुवाटार पुगेको थियो ।
युवा सङ्गठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले जातीय व्यवस्था उन्मुलन गरेर सबै जातजाति भाषाभाषीहरूलाई कानुनी मान्यतासहित 'सी' जातिको निर्माण गर्ने विचार आफैमा अग्रगामी कम्युनिस्ट साम्यवादी विचार भएकोले यसलाई अगाडि बढाउन अनुरोध गरेका थिए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबै नेता कार्यकर्ताको नामको पछाडि 'सी ' लेख्ने अभ्यास गत वर्षय देखि चलाएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...