अपाङ्गता भएका व्यक्तिहरूको अनशनको आज ३१ औँ दिन, सरकार बेखबर
काठमाडौँ,जेठ १७
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ र नियमावली २०७७ अनुसार : १) पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकताको आधारमा व्यक्तिगत सहयोगी सेवा तथा साङ्केतिक भाषा दोभासेको आ.ब. २०८१⁄२०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य ब्यवस्था गरि तुरुन्तै लागु गरियोस । २) सबै अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारका सहायक सामग्रीहरु सरकारी संयन्त्रबाटै निशुल्क प्राप्त गर्ने अनिवार्य ब्यवस्था गरियोस । ३) अपाङ्गता भएका व्यक्तिहरुको सेवा सुविधाहरूलाई स्थानीय तहमार्फत प्रदान गर्न नियमावलीको दफा ९ अनुसारको “सामुदायिक सहायता सेवा” सम्बन्धी कार्यबिधि बनाई आ.ब. २०८१⁄२०८२ बाट सुरु गरियोस ।
२०८० १२/१४ गते भएको सम्झौता तुरुन्त लागु गरियोसलगायत माग राखेर पूर्ण अशक्त अपाङ्गता भएका तनहुँका दीपक भण्डारीको नेतृत्वमा वैशाख १८ गतेदेखि रत्नपार्कको शान्ति बाटिकामा अनसन चलिरहेको छ l यतिका दिन बित्दा पनि सरकार बेखबर छ l सरकार त्यतिबेला सुनिने र देखिने भएर आउँछ जब अपाङ्गता भएका मानिसहरू आफ्नो माग सुनुवाइ गरियोस् भनेर अति दुख र कस्टका साथ सडकमा निस्कन्छन् तब सरकार प्रहरी लगायर अशक्त व्यक्तिहरूप्रति निर्मम ढङ्गले जाइलाग्छ l आजसम्म सरकार देखिने गरी आएको भनेको त्यही हो दीपक भण्डारी सुनाउँछन् l
दोलखाका प्रेम बुढाथोकी र काभ्रेका रामबहादुर तामाङ शान्ति बाटिकामै अनशन बसिरहेका छन् । यति लामो समयसम्म पूर्ण अपाङ्गता भएकाहरू आफ्नो हकअधिकारको लागि शान्तिपूर्ण रूपमा अनशन बस्दा पनि सरकारी पक्षबाट भने कुनै पहल भएको छैन ।
सरकार स्वयं वार्तामा नबसे पनि बजेट मार्फत हाम्रो समस्या र विषय सम्बोधन गर्छ कि भन्ने आशा थियो तर त्यो आशा पनि निराशामा बदलियो अब शशक्त आन्दोलन गर्ने, दवाब बढाउँदै लैजाने र राष्ट्रिय अन्तराष्ट्रिय चासोको विषय बनाउने र अन्तिम विकल्पको रूपमा कानुनी बाटो तय गर्दै सम्भवतः केही दिनमै सर्वोच्च अदालतमा मुद्दा हाल्छौँ ।’ दीपक भन्छन् l
अपाङ्गता भएका व्यक्तिहरूको आन्दोलनमा सबैतिरबाट जोडिन साथ दिन दीपकको विशेष आग्रह छ l
बजेटमा आफ्ना मागको सम्बोधन हुने आशा राखेर पीडितहरू ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई मार्मिक सन्देशसमेत पठाएका थिए ।
सन्देश यस्तो थियो
‘मन्त्रीज्यू पूर्ण अशक्त अपाङ्गताको लागि ‘व्यक्तिगत सहयोगी सेवा’ उपलब्ध गराउने सम्झौता कार्यान्वयन गर्न बजेटमा ब्यवस्था गर्नु भयो कि सहिद बनाउँदै हुनुहुन्छ ? आन्दोलन, वार्ता र अनशन जारी छ । हामीलाई थप आन्दोलनमा नधकेल्नु होला । बजेटको प्रतीक्षामा छौँ ।
दीपक भण्डारी बचाऔँ !’
तर यसको सुनुवाइ भएन । यसअघि अपाङ्गता भएका व्यक्तिहरूले आफूहरूसँग सरकारले गरेको सहमतिको कार्यान्वयन गर्न दबाब दिन राजधानीमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी अपाङ्गता भएकाहरूलाई घाइते बनाएर सरकार दमनमा उत्रिएको थियो l
सरकार दमनमा उत्रने, नागरिक वास्ता नगर्ने भएपछि अपाङ्गता भएका व्यक्तिहरूले यसरी आफ्नो फेस बुक वालमा लेखेका छन् :
'ए चोर,डाँका, भ्रस्टचारि हो हामी अपाङ्गहरुको सत्तो सराप छ तिमी टाउकेहरुलाई । हे इश्वर भगवान यदि तिमी छौ र तिम्रो शक्ति छ भने यिनी फटाहाहरूलाई पूर्ण अपाङग बनाई दिनु हे देवी देउराली माता तिमीलाई के चढाउनु पर्छ चढाउने बाचा भयो मेरो।'
आफ्नो दुख वेदना र शारीरिक कष्टको उपेक्षा गर्ने हरूलाई अपाङ्गता भएका व्यक्तिहरूले दुष्टहरूलाई सराप्ने कोण सभा पनि गरेका थिए l यसरी सरापेर हुन्छ त भन्ने akabarey.com को प्रश्नमा दीपक भन्छन् : हामी लडन भिड्न सक्तैनौ, हाम्रै जीन्दगी आफ्नो लागि भारी छ मुख छ यही मुखले प्रतिरोध गर्छौं ? अरू के गर्न सकिन्छ र ? शारीरिक दुख कष्ट हाम्रो रहरले भएको हो र ? सरकारहरू भ्रष्टचार गर्छन् , अनावश्यक बजेट तर्जुमा गर्छन् तर आफ्ना अपाङ्गता भएका नागरिकको सेवा र सुरक्षाको लागि भने संवेदनशील छैनन् l हाम्रो जस्तो अवस्थामा संवेदनशील नहुने पार्टीहरू सरकारहरू के सरकार, के पार्टी ? यिनीहरू हाड छाला मासी र भाताखाने भकारी मात्र हुन् l हृदयहीन मान्छेहरूको झुण्ड मात्र हुन् मानव होइनन् l मनाव यति सारो संवदेनहीन हुँदैन l
जनता कस्ता कस्ता कुरामा सडकमा निस्कन्छन् l सांसदहरू पढेलेखेका युवाहरू कसलाई भिसा दे कसलाई न दे भनेर सडकमा आउँछन् तर हाम्रो लागि सरकार अन्धो भयो तर जागरुक युवा किन अन्धा भएका होलान् ? दीपक आम मान्छेको प्रवृतिप्रति प्रश्न गर्छन् l
आज १० : ३० मा शान्ति वाटिकाबाट सरकारलाई आर्थिक सहयोग गर्न अपाङ्गता भएका व्यक्तिहरूले थाल ठटाएर आर्थिक जोहो गरेर सरकारलाई पठाउने कार्यक्रम रहेको जानकारी पनि दीपक भण्डारीले दिएका छन् l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...