इलाम २ मा सुहाङ नेम्वाङ फराकिलो मतान्तर सहित विजयी
इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन् । उनी २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका छन् । खड्काभन्दा सुहाङ ५ हजार ८३० मतान्तरसहित विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत प्राप्त गरेका छन् ।
अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा एवं संविधान सभाका अध्यक्ष एमाले नेता सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेक थिए l
गत वर्ष भदौमा निधन भएपछि रिक्त रहेको उक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । जहाँ एमालले एक्लै लड्दा पाएको मतभन्दा २२४८ कम मत ल्याएर माओवादी केन्द्रसँगको गठबन्धन सहित विजय प्राप्त गरेको छ l कांग्रेस एमाले र नेकपा एस सहितको गठबन्धनसँग मिलेर गत निर्वाचनमा २९९०६ मत ल्याएका डम्बर खड्का ७९६४ मत ल्याएर सुवास नेम्वाङ पुत्र सुहाङ नेम्वाङसँग पुन पराजित बने l इलाम दुईमा गत संसदीय चुनावमा कांग्रेसले करिब बाइसहजार मत प्राप्त गरेको थियो l
स्मरणीय : फाइल फोटो प्रयोग
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इ...
लमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘ह...
भविष्यमा समग्र राज्य प्रशासन धार्मिक समुदायप्रति थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने माग समेत पार्टी...