इलाम २ मा सुहाङ नेम्वाङ फराकिलो मतान्तर सहित विजयी
इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन् । उनी २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका छन् । खड्काभन्दा सुहाङ ५ हजार ८३० मतान्तरसहित विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत प्राप्त गरेका छन् ।
अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा एवं संविधान सभाका अध्यक्ष एमाले नेता सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेक थिए l
गत वर्ष भदौमा निधन भएपछि रिक्त रहेको उक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । जहाँ एमालले एक्लै लड्दा पाएको मतभन्दा २२४८ कम मत ल्याएर माओवादी केन्द्रसँगको गठबन्धन सहित विजय प्राप्त गरेको छ l कांग्रेस एमाले र नेकपा एस सहितको गठबन्धनसँग मिलेर गत निर्वाचनमा २९९०६ मत ल्याएका डम्बर खड्का ७९६४ मत ल्याएर सुवास नेम्वाङ पुत्र सुहाङ नेम्वाङसँग पुन पराजित बने l इलाम दुईमा गत संसदीय चुनावमा कांग्रेसले करिब बाइसहजार मत प्राप्त गरेको थियो l
स्मरणीय : फाइल फोटो प्रयोग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...