एकल,दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

नारायणगढ
कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।
त्यस अवसरमा कालिकाका नगर प्रमुख बिनोद रेग्मीले सवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरुलाई स्वदेश तथा बिदेशमा जहाँ गएपनि व्यावासयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताए । उनले भने, “सीप भएका मानिसलाई कामको दुःख छैन । ”
कालिका–४ पदमपुरस्थित सहिद स्मृति क्याम्पसचौरमा पालिकाका ७० जना महिलालाई बिहीबारदेखि पन्ध्रदिने निःशुल्क हलुका चारपाङ्ग्रे सवारी साधन चालक तालिम आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी गौतमले जानकारी दिए । व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताए ।
रासस
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।