देउवालाई एमालेको प्रतिनिधि परिषद् बैठकमा अतिथि आमन्त्रण
काठमाडौँ, वैशाख ७
नेकपा एमालेले भोलिबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी भइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ l एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा भोलिबाट शुरु हुँदैछ ।
नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याइएको छ ।
एमाले केन्द्रीय सचिव योगेश भट्टराईले बुढानीलकण्ठस्थित निवासमै गएर पार्टीको तर्फबाट निम्ता दिएका हुन् । भट्टराईसँग एमाले काठमाडौं जिल्ला सचिव दीपक निरौला र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी देउवा निवास पुगेर निमन्त्रणा पत्र हस्तान्तरण गर्दै अध्यक्ष केपी शर्मा ओलीको सन्देश देउवालाई सुनाएका थिए l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...