अप्रिल फूल अर्थात् मूर्ख दिवसको ऐतिहासिक प्रसङ्ग

सबैभन्दा महान मूर्ख दिवस
आज अप्रिल १ तारिख बोलीचालीमा भन्नुपर्दा मूर्ख दिवस । साथीभाइ तथा परिवारका सदस्यहरूलाई पनि झुक्याएर रमाइलो गर्ने गरिन्छ ।
यसको सुरूवात कसरी भयो भन्ने विषयमा धेरै किंवदन्तीहरू छन् । जसमध्य सबैभन्दा विश्वसनीय भनेको मार्च २५ देखि अप्रिल १ को बिच मनाउँदै आएको नयाँ वर्षलाई सन १५८२ बाट जनवरी १ मा मनाउन थाले । तर कतिपय सम्म यो जानकारी पुगेन र तिनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाएको देखेपछि तिनीहरूले मूर्खको संज्ञा दिँदै अप्रिल फुल भन्न थाले । यसरी अप्रिल १ मूर्ख दिवसका रूपमा रहन गयो ।
यसरी मूर्ख बनाउने क्रममा ठूलै समुहलाई मूर्ख बनाउँदै सबैभन्दा ठूलो अप्रिल फुलका रुपमा सन १९५७ को अप्रिल १ मा बिबिसी विश्व सेवाले प्रसारण गरेको ३ मिनेटको कार्यक्रमलाई लिने गरिन्छ । अप्रिल १ को बिहानै प्रसारण भएको यो कार्यक्रममा दक्षिण स्विटजरल्याण्ड बस्ने एउटा परिवारले आफ्नो बारीमा लटरम्म झरिरहेको स्पागेट्टी (एक प्रकारको चाउचाउ) टिपेर बाहिर सुकाएर पकाएर खाएको देखाइएको थियो । त्यतिबेला सम्म स्पागेट्टी बेलायतीहरूले त्यति खादैनथे । त्यसैले उनिहरूलाई गहुँको पिठोबाट स्पागेट्टी बनाइन्छ भन्ने थाहा थिएन । तसर्थ धेरैले पत्याए र बिबिसीलाई फोन गरेर स्पागेट्टीको बोटको विषयमा सोधखोज गरे । त्यो समय ८० लाख बेलायतीहरूले यो प्रसारण हेरेको अनुमान गरिएको थियो l
स्मरणीय : प्रस्तुत सामग्री सुनिल उलकको हो l akabarey.comले सुनिल उलकका धेरै सामग्री प्रस्तुत गर्दै आएको छ l सामग्रीको लागि उलक धन्यवादको पात्र छन् l
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने चलन छ l
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व धूमधामका साथ मनाइन्छ ।
पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।